२०८१ बैशाख २१ गते शुक्रवार

कांग्रेस अर्घाखाँची सभापतिमा केशव श्रेष्ठ निर्वाचित

अर्घाखाँची,मंसिर ८ । नेपाली कांग्रेस अर्घाखाँची जिल्ला कार्यसमिति सभापतिमा केशव श्रेष्ठ निर्वाचित भएका छन्।

श्रेष्ठले सात सय ३१ मत ल्याएर सभापति जितेका हुन्।

उनका प्रतिस्पर्धीहरू ईन्द्रमणि पौडेलले जम्मा तीन सय ५२ मत मात्रै ल्याएका थिए भने यादव घिमिरेले तीन सय ९ मत ल्याएका थिए।

सभापतिमा निर्वाचित श्रेष्ठ वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन्। सभापति शेरबहादुर देउवा पक्षले सभापतिमा यादव घिमिरेलाई अगाडि सारेका थिए।

यहाँ पौडेल पक्षकै श्रेष्ठ र ईन्द्रमणि सभापतिका उम्मेदवार थिए। तर श्रेष्ठलाई नेता पौडेलसहित शीर्ष नेताको समर्थन रहेको थियो।

प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *