२०८१ बैशाख २१ गते शुक्रवार

४ सय मत गन्दा शंकर डाँगी र बिमल रिजालको समान मत

तुलसीपुर, मंसिर ८ । नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तरगत दाङ निर्वाचन क्षेत्र नं. ३ मा केन्द्रीय महाधिबेशन प्रतिनिधि खुल्ला तर्फको मतगणना जारी छ ।
चार सय मत गणना हुँदा जिल्ला सचिव शंकर डाँगी र तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालको मत समान रहेको छ । उनीहरु दुबैले समान २१३ मत प्राप्त गरेका छन् ।


त्यसपछि नेता केशबराज आचार्यको २०६, जिल्ला सभापति कीर्तिबहादुर खड्काको २०५, पूर्व जिल्ला सभापति तथा पूर्व माननिय गेहेन्द्र गिरीको २०४ मत रहेको छ ।


५औं नम्बरमा लुम्बिनी प्रदेश सभा सदस्य शंकर गिरीले १९९, छैठौं नम्बरमा पूर्व क्षेत्रीय सभापति तथा तुलसीपुर ७ का वडाध्यक्ष टोपबहादुर केसीले १९७, ७औं नम्बरमा गोबिन्दबहादुर शाह १८९, ८औं नम्बरमा युवराज खड्का १७४, ९औं नम्बरमा घनश्याम ढकाल १७४ र १०औं नम्बरमा जितबहादुर केसी १६० मत प्राप्त गरेका छन् ।


प्रत्यक्ष (खुल्ला) तर्फको केन्द्रीय महाधिबेशन प्रतिनिधिमा यो क्षेत्रबाट जम्मा १० जना निर्वाचित हुने छन् । अझैं साढे ४ सय जति मत गणना हुन बाँकी रहेको छ ।


खस आर्य तर्फ
खस आर्य तर्फको केन्द्रीय महाधिबेशन प्रतिनिधिमा शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले अहिले सम्मको स्थितिमा सबैभन्दा बढी २०१ मत प्राप्त गरेका छन् ।

त्यसपछि दोस्रो नम्बरमा तुलसीपुर ६ का डा. नहकुल केसीले १९८ र कुलबहादुर खत्री क्षत्रीले १६० मत प्राप्त गरेका छन् । यो कोटाबाट ३ जना निर्वाचित हुने छन् । चौथो नम्बरका कृष्णकुमार गिरीले १५६ मत प्राप्त गरेका छन् ।


खस आर्य महिला तर्फ
खस आर्य महिला तर्फको केन्द्रीय महाधिबेशन प्रतिनिधिमा ४ सय मत गणना हुँदा सर्वाधिक मत १९२ चित्रा गिरीले प्राप्त गरेकी छन् । १८० मत प्राप्त गरि मिथिला शाह दोस्रो नम्बरमा छिन् ।

यसबाट दुई महिला मात्रै निर्वाचित हुने छन् । तेस्रो नम्बरमा लोकेश्वरी अधिकारी र शान्ता पाण्डेले समान १८४ मत प्राप्त गरेका छन् ।


आदीबासदी जनजाति
आदीबासी जनजाति तर्फ तरुण दलका जिल्ला अध्यक्ष टिकाराम घर्ती १ नम्बरमा छन् । प्रदेश सभापतिमा पराजित भएको दोस्रो दिन नै घर्तीले जनजाति कोटाबाट केन्द्रीय महाधिबेशन प्रतिनिधिमा मनोनयन दर्ता गरेका थिए ।

घर्तीले २०६ मत प्राप्त गर्दा चन्द्रकली बुढाले १६६ मत प्राप्त गरेकी छन् । यसबाट पनि एकजना मात्रै निर्वाचित हुने छन् ।


दलित पुरुष
दलित तर्फको प्रतिस्पर्धामा जोगेन्द्र सुनारले १९२ मत प्राप्त गरेका छन् । उनका प्रतिपस्र्धी घनश्याम सुनार १७९ मत प्राप्त गरि पच्छ्याई रहेका छन् । यसबाट पनि एक जना मात्रै निर्वाचित हुने छन् ।


दलित महिला
दलित महिला तर्फ देबिका नेपालीले मतान्तर फराकिलो पार्दै लगेकी छन् । देबिकाले २३१ मत प्राप्त गर्दा प्रतिस्पर्धी सीतरा नेपाली ९बादी०ले १४३ मत मात्रै प्राप्त गरेकी छन् । यसमा पनि एक जना मात्रै निर्वाचित हुने छन् ।


मधेसी ÷ मुस्लिम
मधेसी, मुस्लिम,अपाँङ्ग, अल्पसंख्यक ऋषिराज लहरे (अरुण)ले पनि अग्रगता बढाउँदै लगेका छन् । लहरेले २०२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अमान उल्ला अन्सारीले १६९ मत मात्रै प्राप्त गरेका छन् ।


यो चार सय मत गणना गर्दाको परिनाम हो । यहाँ अझैं साढे ४ सय बढी मत गणना हुन बाँकी छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *