दाङ, मंसिर ८ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत दाङ क्षेत्र नं. २ को संघीय सभापतिमा भिमप्रकाश खड्का बिजयी भएका छन् । संस्थापन पक्षधर खड्काले पं्रतिस्पर्धीलाई १०० मत अन्तरले पराजित गरेका छन् । खड्का सामुदायिक वन क्षेत्रका केन्द्रीय नेता पनि हुन ।
खड्काले ३६६ मत प्राप्त गर्दा संस्थापन इतरका चित्रबहादुर डाँगी (निर्मल)ले २६६ मत प्राप्त गरेका छन् । बुधबार बिहान प्राप्त मत परिनाम अनुसार सचिव पदमा खड्का प्यानलकै आरके सितल र डाँगी प्यानलका हिमबहादुर डाँगीले समान ३२१ मत प्राप्त गरि बिजयी भएका छन् । आरके सितल पत्रकार महासंघ दाङ शाखाका सचिव पनि हुन ।
त्यस्तै सहसचिव पदमा खड्का प्यानलका रमेशकुमार पाण्डे ४०२ र रञ्जित श्रेष्ठ ३३९ मत प्राप्त गरि निर्वाचित भएका छन् । पाण्डे घोराही उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष हुन ।
दाङको निर्वाचन क्षेत्र नं. २ मा कुल ६५१ मतदाता मध्य ६४२ मतदान भएको थियो । नेतृत्व चुन्न मंगलबार मतदान भएको थियो ।
प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार