दाङ, मंसिर ८ । नेपाली काँग्रेसको १५्४औं महाधिबेशन अन्तरगत दाङ क्षेत्र नं. १ को संघीय सभापतिमा भेषराज पाण्डे निर्वाचित भएका छन् । यहाँ संस्थापन पक्षधर पाण्डेको प्यानल नै निर्वाचित भएको छ । दाङ क्षेत्र नं. १ स्वर्गिय नेता खुमबहादुर खड्काको निर्वाचन क्षेत्र हो ।
निर्वाचित पाण्डेले ४२२ मत प्राप्त गर्दा संस्थापन इतरका सर्बजित डिसीले २५७ मत मात्रै प्राप्त गरे । पाण्डेले डिसी भन्दा १६५ मत बढी प्राप्त गरेका छन् । अघिल्लो अधिबेशनमा पनि पाण्डेले डिसीलाई क्षेत्रीय सभापतिमा १५ मत अन्तरले पराजित गरेका थिए । यो पाण्डेको डिसीमाथि लगातार दोस्रो जित हो ।
त्यस्तै सचिव पदमा पाण्डे प्यालनका खेमलाल चौधरीले ४२१ र हरिहर शर्मा ४०० मत प्राप्त गरि निर्वाचित भएका छन् । उनीहरुका प्रतिस्पर्धीहरु कृष्ण कुमार चौधरी २३५ र राजेन्द्र खड्का २३८ मत प्राप्त गरेका थिए ।
त्यस्तै सहसचिब पदमा गोबिन्दकुमार वली ४६३ र प्रकाश कुमार जिसी ४०८ मत प्राप्त गरि बिजयी भएका छन् । उनीहरुका प्रतिस्पर्धी मिनराज अधिकारी २४२ र मो. जमिर साहले १८३ मत प्राप्त गरेका थिए ।
दाङको निर्वाचन क्षेत्र नं. १ मा कुल ६९४ मतदाता मध्य ६८५ जनाले मतदान गरेका थिए । ९ जना मतदानमा अनुपस्थित भएका थिए ।