२०८३ मङ्सिर ९ गते मङ्गलवार

काँग्रेस अधिबेशन ः दाङका ३ निर्वाचन क्षेत्रमा कहाँ कति मत खस्यो ?


तुलसीपुर, मंसिर ७ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत दाङमा मंगलबार संघीय सभापति लगाएतका पदका लागि तीन वटै निर्वाचन क्षेत्रमा मतदान भएको छ ।
दाङको निर्वाचन क्षेत्र नं. १ मा कुल ६९४ मतदाता मध्य ६८५ जनाले मतदान गरेका छन् । ९ जना मतदान गर्न आएनन् ।
त्यस्तै निर्वाचन क्षेत्र नं. २ मा कुल ६५१ मतदाता मध्य ६४२ जनाले मतदान गरेका छन् । क्षेत्र नं. २ मा ९ जना मतदान गर्न नआएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै दाङको क्षेत्र नं. ३ मा कुल ८४७ मतदाता मध्य ८४४ मत खसेको छ । ३ जना मात्रै मतदानमा अनुपस्थित भए ।

दाङका तीन संघीय सभापति पदका लागि ७ जनाका बीचमा प्रतिस्पर्धा भएको छ । निर्वाचन क्षेत्र नं. ३ मा सभापति पदका तीन जना मैदानमा उत्रिएका छन् । यहाँ संस्थापन प्यानलबाट सुरेन्द्रबहादुर खड्का, संस्थापन इतरबाट हालका संघीय सभापति जगतबहादुर खड्का र एकल रूपमा नेता किरण शाह मैदानमा उत्रिएका छन् ।
त्यस्तै निर्वाचन क्षेत्र नं. २ मा सभापति पदमा संस्थापन पक्षबाट भिमप्रकाश खड्का र संस्थापन इतरबाट चित्रबहादुर डाँगी (निर्मल) का बीचमा प्रतिस्पर्धा भइरहेको छ ।
दाङ निर्वाचन क्षेत्र नं. १ मा संस्थापन पक्षधर भेषराज पाण्डे र संस्थापन इतरका मानिने सर्वजित डिसी सभापति पदमा भिडेका छन् ।
क्षेत्र नं. ३ मा किरण शाह बाहेक अरू सबैले प्यानल खडा गरी निर्वाचनमा होमिएका छन । जिल्लाको मत परिनाम केही मध्य रातिसम्म र केही मतपरिनाम बुधबार बिहान सम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *