२०८३ मङ्सिर ९ गते मङ्गलवार

काँग्रेसमा रोल्पाको प्रदेश सभापतिमा खड्का र घर्ती निर्वाचित


दाङ, मंसिर ७ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत प्रदेशसभा अधिबेशनमा रोल्पा जिल्लामा संस्थापन र संस्थापन इतरले एक÷एक स्थानमा जित हासिल गरेका छन् ।

निर्वाचन परिनाम अनुसार प्रदेश सभा (क) को सभापतिमा दुर्गाबहादुर खड्का विजयी भएका छन । संस्थापन पक्षधर खड्काले प्रतिस्पर्धी सिमबहादुर बिष्टलाई १७ मतान्तरले पराजित गरेका हुन ।
त्यस्तै प्रदेश सभा (ख) को सभापतिमा गोपाल घर्ती बिजयी भएका छन् ।
प्रतिस्पर्धी दिलमन बुढाथोकीलाई ६५ मतान्तरले पराजित गर्दै संस्थापन इतरका घर्ती निर्वाचित भएका हुन । घर्ती यसअघि पनि प्रदेश सभापति थिए । यहाँ उनको प्यानलले नै जित हासिल गरेको छ ।
रोल्पाको मत परिनाम सोमबार सार्वजनिक भएको हो ।

प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *