तुलसीपुर, मंसिर ६ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत युवा नेता भेषराज डाँगी दाङ क्षेत्र नं. ३ को संघीय सचिव पदका एक जना उम्मेदवार हुन ।
सहिद पुत्र डाँगी सुरेन्द्र खड्काको टिमबाट क्षेत्रीय सचिव पदमा उम्मेदवारी दिएका छन् ।
तीनै सहिद पुत्र भेषराजले फरक कोण संगको फोन सम्बादमा आफुलाई मतदाताले न्याय गर्ने विश्वासको साथ मैदानमा उत्रिएको बताए ।
‘मेरो बुवा हरिराज डाँगी काँग्रेस भएकै कारण माओबादीले अपहरण गरि ढकनामा पु¥याएर हत्या गरेका थिए,’भेषराजले भने ‘बुवाको हत्या भएपनि म बिचलित नभएर फेरि लोकतन्त्रको झण्डा फराउँदै आएको छु । आशा छ मलाई मतदाताले माया गर्नु हुने छ ।’
हत्या हुँदा भेषराजका बुवा तत्कालिन फूलबारी गाविसका नेपाली काँग्रेसका उपसभापति थिए । काँग्रेस भएकै कारण ४५ बर्षीय हरिराजको तत्कालिन सशत्त शक्ति माओबादीले अपहरण पछि २०६० साल जेठ ९ गते ढकनामा हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।
त्यसपछि घरमा बस्न सक्ने वातावरण नभएको र अढाई बर्ष जति घर छोडेर भाग्नु परेको युवा नेता भेषराजले बताए । ‘त्यतिबेलाको मानसिक पीडा र याताना म शब्दमा उल्लेख गर्न सक्दिन,’ भेषराजले भने ‘ त्यति हुँदापनि मैले कहिलै चारतारे झण्डा बोक्ने छोडिन।’
क्षेत्रीय सचिव पदका उम्मेदवार भेषराज २०५४ सालमा अमरमावि उरहरीको नेविसंघ उपसभापति भएका थिए । उच्च शिक्षा अध्यनका लागि घोराही पुगेपछि २०५७ सालमा भेषराज मेहेन्द्रबहुमुखी क्याम्पसको नेविसंघ इकाई सहसचिवको भूमिकामा थिए ।
त्यसपछि उनी २०५८ सालदेखि २०७० सालसम्म १२ बर्षसम्म नेविसंघ दाङको जिल्ला कार्यसमितिमा रहेर जिम्मेवारी निर्वाह गरेका ब्यक्ति हुन ।
भेषराजको लगनसिलता र क्रियासिलता देखेर नेविसंघ केन्द्रीय कार्यसमितिले उनलाई ११औं महाधिबेशनबाट मनोनित गरेर केन्द्रीय सदस्य बनाएको थियो ।
लामो समय बिद्यार्थी राजनीतिमा बिताएका भेषराज डाँगी पहिलो पटक पार्टीको राजनीतिको पदाधिकारीका उम्मेदवारी दिएका युवा नेता हुन । आफ्नो उम्मेदवारी पार्टी भित्र न्याय, पुस्तान्तरण, रुपान्तरण र त्यागका पक्षमा रहेको डाँगीले बताए । आफु सहिद पुत्र भएको हुँदा सबै मतदाताले आफुमाथि न्याय गर्ने उनले विश्वास ब्यक्त गरे ।
प्रकाशित मिति : २०७८ मङ्सिर ६ गते सोमवार