
तुलसीपुर, मंसिर ६ । तुलसीपुर उद्योग वाणिज्यसंघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय आमन्त्रित सदस्य समेत रहेका तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी विमल रिजाल खासगरी व्यवसायिक दिर्घामा अत्यन्त परिचित नाम हो ।
व्यवसायसंगै सामाजिक रुपान्तरणमा पनि एउटा पृथक र अर्थपूर्ण भूमिकामा रहेका रिजाललाइ समाज रुपान्तरणको ऐनाका रुपमा पनि लिन्छन् तुलसीपुरबासीले । उनै रिजाल अहिले नेपाली कांग्रेसको राजनीतिमा आफ्नो बांकी जिवनलाई समर्पण गर्ने अभ्यासमा छन् । ‘पार्टीले दिएको जिम्मेवारी र भूमिकामा रहेर बाँकी जीवन पार्टीकै लागि सदुपयोग गर्न चाहान्छु,’ रिजालले भने ‘ वडाअधिबेशनमा म निर्वाचित भएपछि अब थप जिम्मेवारीका लागि संघीय महासमितिमा उम्मेदवारी दिएको छु।’
करिव तीन दशक भन्दा बढी सक्रिय रुपमा व्यवसायिक जीवन विताएका रिजाल उद्योग वाणिज्यसंघको खुल्ला तर्फ केन्द्रीय सदस्यको प्रत्यासी बनिरहंदा मेची–महाकालीसम्म उनको परिचय स्थापित भइसकेको छ । अव सक्रिय व्यवसायिक जिवनलाई साइड लगाएर बांकी जिवन कांग्रेसको राजनीतिमा बिताउने उनको चाहाना छ ।
‘कुनैपनि लोकतान्त्रिक पार्टीलाई चलायमान र गतिशिल बनाउन हरेक क्षेत्रका अनुभवहरु चाहिन्छ । त्यसैले व्यवसायिक क्षेत्रको अनुभवलाई अव पार्टीको नीति निर्माण तहसम्मै लैजान म राजनीतिमा सक्रिय हुन खोजेको हुँ,’ रिजालले भने ।
नेतृत्वसम्म पु¥याउने जिम्मा भने आम कांग्रेसजनहरु र अग्रज नेतृत्वलाई सुम्पिएको बताए । उद्योग वाणिज्य संघको नेतृत्वमा रहंदा रिजालले तुलसीपुरको बन्द प्राय भएको टरिगाँउ विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन खेलेको भूमिका स्मरणिय छ ।
मुलुक जनप्रतिनिधि विहिन रहेको सयममा बिकास निर्माणको भूमिका वाणिज्य संघको तर्फबाट उनले खेलेका थिए । उनी आफै प्लेनको टिकट विक्रिको जमानी बसेपछि बल्ल नीजि विमान कम्पनीले तुलसीपुरमा फेरि प्लेन उडान सुरु गरेको तथ्य कतै छिपेको छैन ।
वाणिज्य संघको सभाहल निर्माणमा होस वा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा व्लड बैंक भवन निर्माण र सञ्चालनमा पनि रिजालको भूमिका निकै प्रशंसनिय छ ।
लायन्स क्लव, लियो क्लव, रोटरी क्लव लगायतका थुप्रै सामाजिक संघ संस्थाहरुमा नेतृत्वदायी भूमिका खेलेका रिजाल कांग्रेसमा मात्र नभएर हरेक तुलसीपुर बासीको मनमतिस्मा बसेका युवा हुन ।
पछिल्लो समयमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण, व्यवस्थापन, विरामीको उपचार र अलपत्र यात्रुहरुलाई गनतब्यमा पुर¥याउन होस वा उनीहरुलाई भोजनको व्यवस्थापन गर्न रिजालको समन्वयात्मक भूमिका मानव सेवाको दृष्टिकोणले उत्कृष्ट थियो ।
कोरोनाको दोस्रो लहरमा मुलुक अक्सिजनको अभावमा कति व्याकुल बनेको थियो । त्यसवेला तुलसीपुर क्षेत्रका विरामीलाई अक्सिजनको जोहो गर्न रिजालको सक्रियता अतुलनिय थियो ।
रिजाल खाद्ध उद्योग तुलसीपुर फ्लोर मिल सञ्चालनबाट व्यवसायलाई उचो बनाउंदै आएका ब्यक्ति हुन ।
पछिल्लो समयमा स्वास्थ्य क्षेत्रमा पनि उनको लगानी र परिचय जोडिएको छ । तुलसीपुर क्षेत्रमा नीजि क्षेत्रबाटै भएपनि विशेषज्ञ चिकित्सकसहितको अस्पताल चाहिन्छ भन्ने कुरालाई मध्यनजरगर्दै रिजालले तुलसीपुर सिटी अस्पताल स्ञ्चालनमा ल्याउन अग्रणि भूमिका खेलेको जानकारहरु बताउँछन् ।
त्यस्तै वातावरणिय प्रदुषण पनि पछिल्लो समय ठूलो चिन्ताको विषय बनिरहेका वेला तुलसीपुरको परिचानलाई स्थापित गर्न उनले थालेको ‘क्लिन तुलसीपुर, ग्रिन तुलसीपुर अभियान’ पनि एउटा पृथक अभियान हो । जसले तुलसीपुरलाई केही हदसम्म सफा स्वच्छ र हराभरा बनाउन सपना बोकेको असल कार्यक्रम हो । यद्धपी यो अभियान पछिल्लो समयमा तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनको जिम्मा लिएको छ । त्यसका अभियान्ता पनि रिजाल नै हुन ।
उनै सामाजिक एवं व्यावसायीक अभियन्ता रिजाल अहिले कांग्रेसको १४औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि चयन भएर महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीको प्यानलबाट ।
उनले निर्वाचन क्षेत्र नम्बर ३ बाट आफ्नो उम्मेदवारी दिएका छन । विक्रम संबत २०४६ शालमा काठमान्डौंमा पढ्दादेखि नै नेपाली कांग्रेस केन्द्रीय सदस्य दिपक गिरीसंग निकट रहेका रिजाल, सशांक कोइराला, मिनेन्द्र रिजाल, स्वर्गी खुमबहादुर खड्का, शेखर कोइराला समेतको सम्पर्कमा रहेको बताउँछन् । त्यसयता नै आँफू नेपाली कांग्रेसको क्रियाशिल राजनीतिमा शुभचिन्तक र सहयोगी बन्दै आएको रिजालले स्मरण गर्छन ।
‘मेरो व्यक्तिगत इन्ट्रेष्ट पनि हो, अग्रज नेताको अनुरोध पनि भएकाले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको हुं,’ रिजालले भने ‘मैले यस क्षेत्रका सवै क्षेत्रीय प्रतिनिधिहरुसंग अमुल्य मतको अपेक्षा गरेको छु।’
उनले मतदाताको अमुल्य मतलाई कहिलै खेरजान नदिने र मतदाताको शिर उचो हुने गरि जिम्मेवारी निर्वाह गर्ने विश्वाश ब्यक्त गरे ।
‘कांग्रेसलाई थप रचात्मक र नविनतम पार्टी बनाउन मेरो सक्रिय भूमिका रहने छ’, रिजालले भने ‘ अहिले सम्म मैले काँग्रेसका हरेक नेताहरुलाई बिबिध ढंगले सघाएको थिए र अब उहाँहरुले मलाई सघाउनु हुने छ भन्ने मलाई बिश्वास छ ।’ पहिला बिभिन्न संघ संस्थामा रहँदा आफुले गरेको अनुभव र कामलाई पार्टीमा काम गरेर सृजनसिल भएर काम गर्ने उनले वाचा गरे ।