२०८२ चैत्र १ गते आइतवार

महाधिवेशनकाे तयारीका लागि एमाले स्थायी कमिटी बस्दै

काठमाण्डौ,मंसिर ६ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

दिउँसो ३ बजे च्यासलमा रहेको तुल्सीलाल स्मृति भवनमा बस्ने बैठकमा दशौँ राष्ट्रिय महाधिवेशनका विषयमा छलफल हुने छ ।

महाधिवेशन तयारीका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा मूल व्यवस्थापन र अन्य नेताको संयोजकत्वमा विभिन्न समिति गठन गरिएको छ ।

एमालेको चालु केन्द्रीय कमिटीको बैठक महाधिवेशन उद्घाटन हुने अघिल्लो दिन बस्ने तयारी छ । नयाँ नेतृत्व चयनका लागि आउँदो १० गतेदेखि १२ गतेसम्म एमालेको महाधिवेशन चितवनमा हुँदैछ।

प्रकाशित मिति : २०७८ मङ्सिर ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *