२०८३ मङ्सिर ९ गते मङ्गलवार

दाङमा काँग्रेसको १४औं महाधिबेशन ः प्रदेश सभापतिका लागि कहाँ कति मत खस्यो ?

दाङ, मंसिर ४ । नेपाली काग्रेसको १४औं महाधिबेशन अन्र्तगत दाङका ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ ।


दाङको निर्वाचन क्षेत्र नं. ३ (ख)मा ४८५ मत खसेको छ । ४ जना मतदानमा आएनन् । यहाँ कुल मतदाता ४८९ जना थिए । निर्वाचन क्षेत्र ३ ९क०मा ४८६ मत खसेको छ । ७ जना मतदान गर्न आएनन् । यहाँ ४९२ जना मतदाता थिए ।

त्यस्तै निर्वाचन क्षेत्र नं. २ (ख)मा ३३९ मत खसेको छ । कुल मतदाता ३४४ रहेकोमा ५ जना मतदानमा सहभागी भएनन् । २ (क) मा ३/३ मत खसेको छ । यहाँ ४ जना मतदान गर्न आएनन् । कुल मतदाता ३०७ जना थिए ।

त्यस्तै निर्वाचन क्षेत्र नं. १ (क) मा ३८५ मतदाता मध्य ३८१ मत जनाले मतदान गरेका छन् । यहाँ पनि ४ जना मतदान गर्न आएनन् ।
निर्वाचन क्षेत्र नं. १ (ख)मा ३०५ मत खसेको छ । यहाँ १ जना मात्रै मतदान गर्न आएनन् ।

दाङमा ६ प्रदेश सभापति पदका लागि १३ जनाका बीचमा प्रतिपर्धाको मैदानमा उत्रिएका छन् ।

निर्वाचन क्षेत्र नं.१ का दुबै क्षेत्र , निर्वाचन क्षेत्र नं. २ का दुबै क्षेत्रमा मतगणना सुरु भइसकेको छ । तर, निर्वाचन क्षेत्र नं. ३ मा यो खवर तयार पार्दासम्म मत गणना सुरु भइ सकेको छैन ।

मुचुल्का चयार पारेर केही बेरमै मतगणनाको तयारी भइरहेको निर्वाचन समितिले जानकारी दिएको छ । त्यसो भएमा जिल्लाको सबै नतिजा राति अवेर सम्म सार्वजनिक हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *