दाङ, मंसिर ३ । नेपाली कांग्रेस कोहलपुर नगरपालिकाको सभापतिमा बीरेन्द्रकुमार शाह निर्वाचित भएका छन् ।
शाह संस्थपन इतर पक्षधर शाह १६० मत प्राप्त गरि बिजयी भएका हुन ।
उनका प्रतिष्पर्धी संस्थापन पक्षधर राजेन्द्र श्रेष्ठले १४४ मत प्राप्त गरेका थिए । श्रेष्ठ भन्दा शाह १६ मत बढी पाएर निर्वाचित भएका छन् ।
शाहको टिमबाट उपसभापतिमा भरत शर्माले १६७ मत र सुशील सापकोटाले पनि समान १६७ मत प्राप्त गरि बिजयी भएका छन् ।
उनीहरुका प्रतिप्रर्धीहरु चेतकान्त भट्टराईले १३९ र अंशुमान चौधरीले १२८ मत प्राप्त गरेका थिए । सचिवमा बालकुमार शर्माले १८१ मत र गोविन्द वाग्लेपनि समान १८१ मत नै प्राप्त गरेका छन् । उनीहरुका प्रतिप्रर्धीहरु भूमबहादुर भण्डारीले १३२ र भुपेन्द्र शाहीले १०६ मत प्राप्त गरेका छन ।
त्यस्तै सहसचिवमा महेश कुमार चौधरी १७७ मत र रामु लम्साल १५० मतका साथ विजयी हुँदा प्रतिष्पर्धीहरु कृष्णकुमार पुन मगर १३८ र कमल बहादुर शाहीले १२९ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
नगरको नेतृत्व चुन्न कोहलपुरमा बिहीबार मतदान भएको थियो । कुटाकुट भएपछि स्थगित मतगणना शुक्रबार दिउँसोदेखि सुरु भएको थियो ।
