२०८३ बैशाख १६ गते बुधवार

नेपालगञ्जको काँग्रेस सभापतिमा बिष्ट निर्वाचित

दाङ, मंसिर ३ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेको प्रमुख सहर नेपालगञ्ज उपमहानगरपालिकाको सभापतिमा प्रशान्त विष्ट नेतृत्वको पुरै टिम बिजयी भएको छ ।

बिष्टले २ सय ४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी संस्थापन इतर पक्षकी उमा थापा मगरले ७६ र संस्थापन पक्षकै बिनोद रिजालले जम्मा ४१ मत मात्रै प्राप्त गरेको मतदान अधिकृत सुभास गौतमले जानकारी दिए । बिष्टको यो तेस्रो कार्यकाल हो ।


त्यस्तै उपसभापति पदमा संस्थापन पक्षका धनराज बर्मा र मोहमद कमाल अन्सारी निर्वाचित भएका छन ।

बर्माले २ सय ३७ र अन्सारीले १ सय ४४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी अतुलकुमार गुप्ताले १०४, बिनोद न्यौपानेले ८४, जाकिर अलि तेलीले ४९ र जिनुरइन मुल्तनमिसले ३१ मत प्राप्त गरेका छन् ।

सचिवमा निर्वाचित भएका संस्थापन पक्षकै सुरेन्द्रकुमार श्रेष्ठले २ सय ९ र हरिबाबु घिमिरेले १ सय ६७ मत ल्याए ।

उनका निकटतम प्रतिद्धन्दी कुन्तलराज शर्माले ९३, रबिन्द्र घिमिरेले ९२ र लक्ष्मी खड्काले ७८ मत ल्याएकी थिइन । सहसचिवमा निर्वाचित भएका संस्थापन पक्षका मार्टिन ओलीले १ सय ८५ र शरदराज अधिकारीले १ सय ५२ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नर्वदा शाहीले १ सय १०, शिवकुमार गुप्ताले ७८, प्रकाश बादी ९नेपाली०ले ६३ र पूर्णप्रकाश डाँगीले ६२ मत ल्याए । प्रदेश क्षेत्रीय प्रतिनिधिमा पनि १ सय ७८ मत प्राप्त गरी संस्थापन पक्षका गोकर्ण आचार्य विजयी भएका छन । उनका निकटतम प्रतिद्धन्दी अमृतकुमार आचार्यले १ सय ७३ मत प्राप्त गरेका छन् ।

नेपालगन्ज उपमहानगरमा रहेका ३ सय ८२ मत मध्ये ३ सय ७७ मत खसेको थियो । संस्थापन पक्षले विष्टको प्यानललाई आधिकारिक रुपमा उम्मेदवारी बनाएको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *