जनकपुरधाम,मंसिर १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदालतको समस्याका अदालतभित्रैबाट समाधान हुनुपर्ने बताएका छन ।
प्रदेश २ को जनकपुर विमानस्थलमा बुधबार अध्यक्ष ‘प्रचण्ड’ले अदालतमा देखा परेका समस्याप्रति मंगलबार बसेको पाँच दलीय गठबन्धन समन्वय समितिको बैठकले गम्भीर ध्यनाकर्षण गरेको जानकारी दिए ।
महोत्तरी जिल्लाको एक कार्यक्रममा सहभागी हुन आउने क्रममा जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले अदालतको समस्या चाँडो भन्दा चाँडो समाधान हुने आश्वासन व्यक्त गरे ।
अध्यक्ष ‘प्रचण्ड’ले ,‘अचानक स्वास्थ्यमा समस्या देखापरेपछि कात्तिक २७ गते हुने कार्यक्रम स्थगित भएकोमा दुःख समेत व्यक्त गरे ।
उनको उपस्थितिमा महोत्तरी जिल्लाको रामगोपालपुरमा आमसभा भेला, पार्टी प्रवेश तथा आठ वटा उपस्वास्थ्य चौकीको एकैसाथ उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
