
तुलसीपुर,कात्तिक २८ । पेट्रोलियम ‘पदार्थमा गरिएको मुल्य बृद्धिको बिरोधमा तुलसीपुरमा गरिएको चक्काजाम खुलेको छ ।
नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आइतवार बिहान १० देखि ११ बजेसम्म तुलसीपुरमा चक्काजाम गरेका थिए ।
सडक अवरुद्ध हुदाँ घोराही–तुलसीपुर सडकखण्डमा चल्ने यातयातका साधनहरु ठप्प थिए । अफिस जाने समयमा यातयातका साधनहरु ठप्प हुदाँ यात्रुहरु पैदल यात्रा गर्न बाध्य भए । तर एघार बजेपछि भने यातयातका साधनहरु चल्न सुरु गरेका छन ।
साथै मुल्य बृद्धिको बिरोधमा बिप्लव नेतृत्वको नेकपाले कात्तिक ३० गते नेपाल बन्दको आह्वान गरेको जनाएको छ ।

तस्विर ः फरककोण ।
प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार
