२०८३ असोज २४ गते शनिवार

कात्तिक ३० गते बिप्लवको नेपाल बन्द

दाङ,कात्तिक २५ । पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धिको बिरोधमा बिप्लव नेतृत्वको नेकपाले आगामी ३० गते नेपाल बन्दको घोषणा गरेको छ ।

बिप्लवले बिज्ञप्ती जारी गर्दै ३० कात्तिकमा नेपाल बन्दको घोषणा गरेको हो । पेट्रोलिमय पदार्थमा गरिएको मुल्यबृद्धिले हरेक क्षेत्रमा महंगी बढ्ने भएकाले नेपाली जनता माथि सरकारले ठूलो अन्याय गरेको नेकपाले ठहर गरेको छ ।

फलतः महंगीको मारबाट जोगिनका लागि आन्दोलनमा सहभागी हुन पनि उसले आग्रह गरेको छ ।

३० गते नेपाल बन्दको कार्यक्रम घोषणा गरेको नेकपाले त्यसअघि आज २५ गते देशब्यापी प्रदर्शन,भोली साझँ मसाल जुलुस, २७ गते एक घण्टा देशब्यापी प्रदर्शन,२८ गते १ घण्टा चक्काजाम, २९ गते सिठ्ठि जुलुस र मसाल जुलुसको कार्यक्रम गर्ने पनि जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *