२०८१ जेष्ठ ६ गते आइतवार

बैंकर्स संघको नयाँ कार्यसमिति आज घोषणा हुँदै

काठमाडौं,कात्तिक २३ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति आज घोषणा हुँदैछ ।

संघको अध्यक्षमा अनिल उपाध्याय सर्वसम्मत चयन भइसकेका छन् । अध्यक्षका लागि उम्मेदवारी दिने निर्धारित मितिसम्म उपाध्यायको मात्रै उम्मेदवारी परेको थियो । एक साता अघि नै उपाध्याय नै अध्यक्ष हुने पक्का भए पनि घोषणा भएको छैन ।

आज मंगलबार दिउँसो ४ बजे होटल र्‍याडिसनमा संघको साधारणसभा बोलाइएको छ । साधारणसभामा अध्यक्षसहितको कार्यसमिति घोषणा गरिने संघका कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिए ।

उनी यसअघि संघको उपाध्यक्ष थिए । संघमा दुई नयाँ सदस्यहरू समेत चयन भएका छन् । नेपाल क्रेडिट एण्ड कमर्श बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालको कार्यकाल पूरा भएको र सनराइज बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल बैंकबाट बाहिरिए पछि दुई सदस्य रिक्त थियो।

सदस्य पदमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाह र एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने चयन भएका छन् ।

रिक्त यी पदमा दुई जनाको मात्रै उम्मेदवारी परेकाले दुवै जना सर्वसम्मत चयन भएको संघका कार्यकारी निर्देशक शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ कार्तिक २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *