तुलसीपुर, कात्तिक ९ । नेकपा एमालेको १०औं महाधिबेशन अन्तरगत मंगलबार दाङसहित देशै भरका पालिकाहरुमा नयाँ नेतृत्व चयन गर्न लागिएको छ ।
जिल्लाका दश पालिकाहरु मध्य सबैमा सर्वसम्मत नेतृत्व चयन हुने एमाले दाङका अध्यक्ष टीकाराम खड्काले फरककोणलाई बताए ।
उनले करिब करिब सबै पालिकाहरुमा नेतृत्व बारे समहमति कायम भइसकेको र घोषणा हुन मात्रै बाँकी रहेको बताए ।
एमाले जिल्ला पार्टी नेतृत्वका अनुसार घोराही उपमहागनरपालिकामा भुवन चौधरी नगर कमिटी अध्यक्ष बन्ने लगभग निश्चित भइसकेको छ । त्यस्तै लमहीमा दधिराम चौधरी नगर कमिटी अध्यक्ष बन्ने टुँगो लागि सकेको स्रोतले बाएको छ ।
जिल्लाका प्रमुख तनि नगर मध्य तुलसीपुर उपमहानगरपालिकामा भने नेतृत्वमा दूई जनाको दाबी रहेको छ ।
यसअघिका नगर कमिटी अध्यक्ष केशब सापकोटा र वडा नं १८ का वडाध्यक्ष माधव वलीले नगर कमिटीमा दाबी गरेका छन् । मंगलबार बिहान सहमतिको प्रयास भएपनि कुरा मिल्न नसकेको स्रोतले बताएको छ ।
तर, एक उच्च स्रोतले फरककोण संग तुलसीपुरमा फेरि सापकोटाको संभावना बलियो देखिएको दाबी गरेको छ ।
‘ सापकोटा सिनिर भएको हुँदा फेरि एक पटक उहाँलाई नै दोह¥याउँ भन्ने लबिङ जबरजस्त बनेको छ,’ एक नेताले भने ‘ त्यसैका लागि प्रयासहरु भइरहेका छन् ।’
जिल्लाका अन्य सात गाउँपालिकाहरुमा केही ठाउँमा दुई तीन जनासम्म नेतृत्वको दौडमा रहेपनि लगभग कुरा मिलि सकेको र सबै ठाउँमा सर्वसम्मत नेतृत्व चयन हुने जिल्ला नेतृत्वले जानकारी दिएको छ ।