तुलसीपुर, कात्तिक २ । नेपाली काँग्रेस निर्वाचत क्षेत्र नं. ३ (ख) का सभापति खिमबहादुर वलीले पुनः सोही पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
मंगलबार फरककोण मार्फत वलीले पहिलो पटक आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।
प्रदेशका क्षेत्रीय सभापति वलीले नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीको प्यानलबाट आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ प्रिगाउँका स्थायी बासिन्दा वली यसअघि वडा प्रतिनिधिमा सर्वाधिक लोकप्रिय मतका साथ नेता गिरीकै प्यानलबाट बिजयी भएका थिए ।
नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत काँग्रेस लुम्बिनी प्रदेश अन्तरगत दाङ निर्वाचन क्षेत्र नं. ३ (ख) का सभापति समेत रहेका नेता वलीले फेरि आँफूले उक्त पदमा एक पटक आँफैलाई परीक्षण र अनुमोदन गराउन चाहेको हुँदा उम्मेदवारी घोषणा गरेको तर्क गरे ।
‘मलाई पार्टीले संघीय संरचनामा जाने क्रममा दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) को क्षेत्रीय सभापतिमा मनोनित गरेको हो,’ सभापति वलीले भने ‘त्यसैले म १४औं महाधिबेशनबाट सोही पदमा निर्वाचनको माध्यमबाट सोही पदमा अनुमोदित हुन चाहान्छु ।’

आँफूलाई पार्टीले दिएको जिम्मेवारी अनुसार कतिपय साथीहरुले संघीय सभापतिमा उम्मेदवारी दिन दबाब दिँदै आएको भएपनि आँफूले नमानेको र आँफैले आँफैलाई परीक्षण गर्नका लागि फेरि पार्टीले बिश्वास गरेर दिएको प्रदेश सभापतिमा उम्मेदवारी दिएर अनुमोदित हुन चाहेको वलीले तर्क गरे ।
‘पार्टीले मलाई महत्व दिएर जुन अभिभारा सुम्पेको छ त्यसप्रति म निकै प्रफूल्ल छु । जो निकै ठूलो जिम्मेवारी हो,’ नेता वलीले भने ‘मलाई उक्त पदमा मेरा अग्रज नेता अनि इमान्दार कार्यकर्ताले फेरि हेर्न चाहेका रहेछन् कि नाइ ? त्यो बुझ्न खोज्नु सायद मेरो लोकतान्त्रिक निष्ठा र आचरण हो ।’
बिक्रम संबत २०४६ सालमा अमर माध्यामिक बिद्यालय उरहरीबाट एसएलसी उत्तिर्ण गरेका वलीले त्यसपछिको आइएसम्मको पढाई घोराहीको भरतपुरस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट गरेका थिए ।
क्याम्पसबाटै राजनीति सिकेर फर्केका नेता वली २०४८ सालमा काँग्रेसको साबिक उरहरी गाउँ इकाइ वडा सदस्य बनेका थिए । त्यसको आठ बर्ष पछि २०५६ सालमा नेता वली उरहरी गाविसको काँग्रेस भातृ संगठन नेपाल तरुण दलको गाविस अध्यक्ष भएर जिम्मेवारी निर्वाह गरेका थिए ।
काँग्रेसको ११औं महाधिबेशन पछि नेता वली लगातार तीन तत्कालिन निर्वाचन क्षेत्र नं.४ को क्षेत्रीय सचिवको जिम्मेवारीमा थिए ।
नेता वली पार्टीको ११औं महाधिबेशन, १२औं महाधिबेशन र १३औं महाधिबेशनबाट लगातार तीन कार्यकाल क्षेत्र नं. ४ को क्षेत्रीय सचिवको जिम्मेवारीमा रहेर पार्टीको काम कुशलता पूर्वक पुरा गरेका नेता हुन ।

पार्टीले उनको त्यही लगन, इमान र निष्ठा देखेरै संघीय संरचना अनुसार पदबाँड अनुसार निर्वाचन क्षेत्र नं. ३ (ख) को सभापतिको जिम्मेवारी सुम्पेको थियो । नेता वली काँग्रेस भित्र युवादेखि तरुण र अग्रज नेताहरु सबैका बीचमा उतिकै प्रिय मानिन्छन् ।
पार्टी र संगठनका लागि रातदिन नभेर काममा खटिनु, बिरोधी तथा बिपक्षी दलहरुलाई समेत मिलाउन सक्ने खुबी रहनु, मृदुभाषी, सबै जात जाति र उमेर समुहका ब्यक्तिहरु संगको समान ब्यबहार, समाबेशिताका लागि उनको अडानले नेता वलीलाई लोप्रियताको शिखरमा पु¥याएको उनलाई नजिकबाट चिन्नेहरु बताउने गर्छन ।
वलीको त्यो लोकप्रियताको परीक्षण काँग्रेसका नेता कार्यकर्ताले कसरी गर्ने हुन ? त्यो भने पार्टीको आगामी १४औं महाधिबेशनको प्रदेश निर्वाचनको नतिजाले स्पष्ट हुने छ ।
पार्टीको १४औं महाधिबेशन अन्तरगत वडा, नगर महाधिबेशन सम्पन्न गरि सकेको काँग्रेसले यसअघि दशैं पछि प्रदेश र जिल्ला महाधिबेशन गर्ने निर्णय गरेको थियो । तर, मिति तय भइ सकेको छैन ।
तैपनि बिभिन्न पदमा आकाँक्षी नेताहरुले धमाधम आ–आफ्नो उम्मेदवारी भने घोषणा गर्ने क्रम सुरु भएको देखिएको छ ।

