२०८१ बैशाख ६ गते बिहिवार

भारतमा डेङ्गीका बिरामी बढ्दै, नियन्त्रण गर्न अभियान सुरु

काठमाण्डौ,असोज २६ । भारतका विभिन्न राज्यमा केही दिन यता डेङ्गीका बिरामी बढ्न थालेका छन् ।

राजधानी नयाँ दिल्लीसहित उत्तर प्रदेश, मध्यप्रदेश लगायतका कयौँ ठाउँहरुमा डेङ्गीका बिरामी बढ्न थालेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मध्यप्रदेशको अकेले ग्वालियर जिल्लामा मात्रै केही दिनमै डेङ्गीका कारण ५ सय जनाभन्दा धेरै सङ्क्रमित भएका छन् ।

राजधानी दिल्लीमा यो महिना सुरु भएपछि मात्रै ४ सय ८० जनाभन्दा धेरै सङ्क्रमित भइसकेका छन् । मध्यप्रदेश सरकारले डेङ्गी नियन्त्रण अभियान सुरु गरेको छ ।

मध्य प्रदेशका सबै जिल्लामा डेङ्गी लाग्ने कारण, बच्ने उपाय लगायतको बारेमा जनचेतनाका कार्यक्रमहरु सञ्चालन गरिएका छन् । यस्तै ग्वालियर जिल्लामा घरघरमा गएर डेङ्गीका बिरामीको सर्भे भइरहेको छ ।

प्रकाशित मिति : २०७८ असोज २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *