२०८३ भाद्र ११ गते बिहिवार

अब ठूलो पानी नपर्ने

असोज १८ । अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । तर, बिस्तारै मौसम खुल्दै जाने र अब ठूलो पानी नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पूर्ण रुपमा मौसम खुल्न भने अझै एक/दुई दिन लाग्ने छ । देशभर आन्शिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । स्थानीय वायुको प्रभावका कारण बेलुका पख छोटो समयका लागि पानी भने पर्न सक्छ ।

मनसुनको प्रणाली बाहिरिन नसकेकाले देशका केही ठाउँमा आज पनि हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान छ । विशेषगरी पहाडी जिल्ला र पहाडसँग जोडिएका केही तराईका जिल्लामा हल्कादेखि मध्यम खालको वर्षा हुने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *