२०८१ बैशाख १५ गते शनिवार

प्रतिष्ठानको तेस्रो बार्षिकोत्सब अबसरमा २५ बेडको प्राइभेट वार्ड सञ्चालन

निशान दाजु भट्टराई, घोराही, असोज १२ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा २५ बेडको प्राइभेट वार्ड सञ्चालनमा आएको छ ।


प्रतिष्ठानको तेस्रो वार्षिकोत्सवको अवसर पारेर मंगलबारदेखि प्राइभेट वार्ड सञ्चालनमा ल्याइएको उपकुलपति प्राध्यापक डाक्टर संगीता भण्डारीले जानकारी दिइन । वार्डमा बिरामीका लागि छुट्टा छुट्टै क्याबिन बेड राखिएको छ ।


एसी सुविधा, प्रत्येक बेडका लागि छुट्टा छुट्टै शौचालय, अपाङ्गमैत्री शौचालय, लिफ्टबाट क्वाबिनसम्म जाने व्यवस्था, डाक्टर र स्वास्थकर्मीको चौबिसै घण्टा उपलब्धतासहितको सेवा सुरु गरिएको प्रतिष्ठानका रजिष्टार डा. प्रकाश थापाले बताए ।


प्राइभेट वार्ड सेवा दाङका लागि पहिलो र नबिनतम सेवा भएको प्रतिष्ठानले जनाएको छ ।


प्रतिष्ठान आउँदो वर्षदेखि शैक्षिक कार्यक्रम सुरु गर्ने तयारीमा रहेको शिक्षाध्यक्ष डा.वशन्त लामिछानेले जानकारी दिए ।


सिटी स्क्यान सेवा, आधुनिक ल्याब सेवा, अक्सिजन प्लान्ट जडान, विभिन्न विशेषज्ञ सेवा प्रतिष्ठानले प्रदन गर्दै आएको छ ।


जसले गर्दा बिरामी उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता कम भएको डा. लामिछानेले दाबी गरे ।


अस्पताल निर्देशक डा। प्रज्ञा बस्नेतले अस्पतालमा सिटी स्क्यान,अत्याधुनिक ल्याब, ओटीसहितको सेवा बिस्तार गरिएको भन्दै प्रतिष्ठानमा छिट्टै एमआरआई मेसिनपनि ल्याउन लागेको जानकारी दिइन ।

प्रकाशित मिति : २०७८ असोज १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *