२०८२ माघ ४ गते आइतवार

दसैंमा भारतबाट फर्किएकाको एन्टिजेन परीक्षण गर्नू

काठमाण्डौ,असोज ९ । सरकारले दसैंसहितका मुख्य चाडलाई लक्षित गरी विदेशबाट नेपाल आउने व्यक्तिको कोरोना ९एन्टिजेन० परीक्षण गर्न परिपत्र गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशका सामाजिक विकास एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, देशभरका सबै हेल्थ डेस्क, नगर तथा गाउँपालिका, स्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालाई पत्र लेख्दै सीमा नाका वा समुदायमा एन्टिजेन परीक्षणको व्यवस्था गर्न आग्रह गरेको हो ।

मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै प्रदेशका सामाजिक विकास एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, देशभरका सबै हेल्थ डेस्क, नगर तथा गाउँपालिका, स्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालयलाई पत्र लेख्दै सीमा नाका वा समुदायमा एन्टिजेन परीक्षणको व्यवस्था गर्न आग्रह गरेको छ ।

कोभिड–१९ महामारीको जोखिम कायमै रहेको र निकट भविष्यमा आउँदै गरेका चाडवाडलाई समेत मध्यनजर गर्दै विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको सकेसम्म सीमा नाकाका हेल्थ डेस्कहरुमै एन्टिजेन परीक्षण गर्न भनिएको छ ।

पत्रमा भनिएको छ, ‘कोभिड–१९ महामारीको वर्तमान सन्दर्भमा जोखिम अवस्था कायमै रहेको र निकट भविष्यमा आउदै गरेका चाडवाडलाई समेत मध्यनजर गर्दै विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको सकेसम्म सीमा नाकाका हेल्थ डेस्कहरुमै र छुटेकाहरुको समुदायमा तथा देशभित्र जोखिम क्षेत्रहरुबाट आएका यात्रुहरुको पनि समुदायमा एन्टिजेन टेस्टको व्यवस्था मिलाउनुका साथै पोजिटिभ केसहरुको उचित व्यवस्थापन गर्नु गराउनु हुन सबै सम्वद्ध निकायहरुलाई अनुरोध छ ।’

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *