२०८३ भाद्र १२ गते शुक्रवार

मेट्रो अस्पतालमा असोज ११ देखी ओपिडी सेवा सुचारु हुने

तुलसीपुर, ५असोज । तुलसीपुर उपमहानगरपालिकाले संचालन गरेको मेट्रो अस्पतालमा असोज ११ गतेदेखी ओपीडी सेवा सुचारु हुने भएको छ ।

तुलसीपुर मेट्रो अस्पतालमा सञ्चालन तथा ब्यबस्थापन समिती र सरोकारवाला बीच भएको बैठकमा यहि असोज ११ गतेदेखी अस्पतालमा ओपीडी सेवा संचालन गर्ने बारे छलफल भएको हो ।

कोरोना माहामारीको दोस्रो लहरलाई मध्येनजर गदै संचालनमा ल्याईएको अस्पतालमा अहिले कोरोना संक्रमित विरामीको उपचार हुदै आएको छ । तर पछिल्नो समय संक्रमितको विरामी घटेपछि अस्पतालमा ओपीडी सेवा संचालन गर्ने तयारी थालिएको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

साथै बैठकले अस्पतालको थप पूर्वाधार ब्यबस्थापनका लागि सोह्र श्राद्धमा १६ दिने आर्थिक संकलन अभियान चलाउने निर्णय भएको छ । थप आर्थिक संकलन गर्ने उद्देश्यका साथ १०० दिने अभियानकाका लागि १०१ सदस्य सहयोग संकलन समिति गठन गर्ने निर्णय भएको उहाले जानकारी दिए ।

बैठकमा अस्पताल व्यवस्थापन समितीका अध्यक्ष तथा नगर प्रमुख घनश्याम पाण्डेले अस्पतालको भावि योजना सहित प्रस्ताव पेश गरेका थिए । यस्तैगरी अस्पतालको हाल सम्मको कार्य प्रगति विवरणको बारेमा अस्पतालका मेसु डाक्टर प्रकाश शाहूले प्रस्तुत गरेका थिए ।

सो अवसरमा जनस्वास्थ्य प्रर्वद्धन शाखा प्रमुख ओमपी न्यौपाने ,निमित्त प्रमुख प्रशासकीय अधिकृत धनराज गौतम , तुलसीपुर वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसे , अक्सिजनको लागि मेरो एकहजार अभियानका अभियन्ता पदम प्रसाद पोखरेल , तुलसीपुर चम्बर अफ कमर्सका सचिव प्रेम गिरी , तुलसीपुर जेसिजका अध्यक्ष नारायण भट्टराई, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति शुसिल बस्नेत ,नेपाल रेडक्रस सोसाइटी दाङका सभापति नारायण आचार्य ,बालअधिकारका क्षेत्रमा काम गर्ने अभियन्ता नरेन्द्र ओली , आर्थिक सहयोगी दाता अस्मिता भण्डारी लगाएतले अस्पतालको थप सेवा सुविधा विस्तार गर्नुपर्नेमा जोड दिए ।

अस्पताललाई अस्मिता भण्डारीले बाँकेको राप्ती सोनारी वार्ड नं ३ निवासी स्वर्गिय प्रताप सिंह भण्डारीको सम्झनामा तथा अस्पतालमा कार्यरत अनमी सावित्रा पोख्रेलले स्वर्गिय ससुरा हिमलाल भण्डारीको सम्झनामा ५÷५ हजार रुपैयाँ नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण आर्थिक संकलन अभियानको सुरुवात गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *