२०८२ माघ ४ गते आइतवार

बुटवलका मेयरलाई मुक्का हान्ने विरुद्ध एमालेले मुद्दा नचलाउने

बुटवल,असोज ५ । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक विरुद्ध नेकपा एमालेले मुद्दा नचलाउने भएको छ ।

एमाले बुटवल उपमहानगर कमिटीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष बाबुराम पन्थीले घटना दुःखद् र निन्दनीय भए पनि घटनामा व्यक्तिलाई एमालेले मुद्दा मामिला नगर्ने बताएका हुन ।


घटनामा संलग्न भएको आरोपमा प्रहरीले अनेरास्ववियुका रुपन्देही जिल्ला सदस्य गणेश पङ्गेनीलाई पक्राउ गरिसकेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले पङ्गेनी पक्राउ परेको भए पनि उनी विरुद्ध मुद्दा जाहेरी अहिलेसम्म कसैले पनि नदिएको जानकारी दिए ।

ुघटना दुःखद् र निन्दनीय छ तर मुद्दा चलाउने पक्षमा हामी छैनौँु नगर कमिटी अध्यक्ष पन्थीले भने । घटना लगत्तै एमाले बुटवल र जिल्ला समितिले संलग्नलाई कारबाही गर्न माग गरेका थिए ।

पहिरो निरीक्षणमा गएको बेला बुटवल(३ ज्योतिनगरमा हिजो बिहान नगर प्रमुख सुवेदीमाथि पङ्गेनीले मुक्का प्रहार गरेका थिए । पङ्गेनी पहिरो प्रभावित हुन्।

प्रकाशित मिति : २०७८ असोज ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *