२०८१ बैशाख ८ गते शनिवार

लुम्बिनी प्रदेश सरकारबाट क-कस्ले पाए प्रदेश पदक ?

बुटवल,असोज ३ । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसमा वितरण गर्ने प्रदेश पदक संविधान दिवसका अवसरमा घोषणा गरिएको छ । सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएको भन्दै ५७ जनालाई प्रदेश पदकले विभूषित गर्ने भएको हो ।

सरकारले गठन गरेको पदक सिफारिश समितिको सिफारिश अनुसार संविधान दिवसको अवसरमा १० वटा विधाका पदकबाट विभूषित हुनेहरुको नाम घोषणा भएको हो ।

सबैभन्दा ठूलो प्रदेश प्रमुख सेवा पदक ‘क’ जनता समाजवादी पार्टीका नेता अर्घाखाँचीका राजु नेपाली नामले चिनिने भूमिराज आचार्यलाई प्रदान गरिने भएको छ ।
उनी नेपालको प्रजातान्त्रिक अन्दोलनका क्रममा भारतमा दर्जनौं पटक गिरफ्तार र गणतन्त्र प्राप्तिको आन्दोलनमा सहभागी भएको भन्दै पदक प्रदान गर्ने निर्णय भएको हो ।

यस्तै प्रदेश प्रमुख सेवा पदक ‘ख’ कपिलवस्तुका रामवरण यादव र रुकुम पुर्वका प्रेम मल्ल र दिलमाया बीएम (पति–पत्नी) २ जनालाई प्रदान गरिने भएको छ । दुबैजनाले जनयुद्धका क्रममा शहादत प्राप्त गरेका हुन् ।

यस्तै प्रदेश प्रमुख सेवा पदक ‘ग’ ४ जनालाई दिइने भएको छ । जसमा बांकेका माताप्रसाद कुर्मी, गुलजार खान र रोल्पाकी लली रोका (तीनैजना शहीद) र बर्दियाकी निर्मला योगी (वेपत्ता) रहेका छन् ।

यस्तै मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘क’ एकजनालाई, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘ख’ दुईजनालाई, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘ग’ दुईजनालाई दिइनेछ । प्रदेश सेवा समर्पण क एकजनालाई, प्रदेश सेवा समर्पण ख १५ जनालाई, प्रदेश सेवा समर्पण ग २ जनालाई दिइने प्रदेश राजपत्रमा उल्लेख छ ।

यस्तैगरी उजिरसिंह दीप पदक ख ४ जनालाई, उजिरसिंह दीप पदक ‘ग’ २ जनालाई, समाजसेवा श्री पदक ‘क’ १ जनालाई, समाजसेवा श्री पदक ‘ख’ ८ जनालाई, समाजसेवा श्री पदक ‘ग’ २ जनालाई, प्रदेश रत्न पदक ‘ख’ १ जनालाई, प्रदेश रत्न पदक ग २ जनालाई, पुथाश्री शिखर पदक ग १ जनालाई, प्रदेश प्रज्ञा पदक ख २ जनालाई दिइने भएको छ।

यस्तै प्रजापति गौतमी पदक ‘ख’ १ जनालाई, प्रजापति गौतमी पदक ‘ग’ २ जनालाई, दंगीशरण बलिहाङ पदक ‘ख’ १ जनालाई र दंगीशरण बलिहाङ पदक ‘ग’ १ जनालाई दिइने राजपत्रमा उल्लेख छ ।

उक्त पदकहरु प्रदेश स्थापना दिवसका अवसरमा फागुन ३ गते प्रदान गरिनेछ ।

 

 

प्रकाशित मिति : २०७८ असोज ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *