२०८१ पुष २९ गते सोमवार

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, ६ घाइते

आइतबार राति ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु हुनुका साथै ६ जना घाइते भएको प्रहरीले जनाएको छ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ गणेश सवालमा ट्याक्टर दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार ढुङ्खर्कबाट पनौतीतर्फ आइरहेको ना४त २८४० नं को ट्याक्टर आफँै अनियन्त्रित भई सडकमा पल्टिँदा घाइते भएका सर्लाही जिल्ला हरिपुर नगरपालिका–६ का २५ वर्षीय इमरन मन्सुरको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सो घटनामा परी घाइते भएकामध्ये सर्लाही जिल्ला हरिपुर नगरपालिका–६ का ३५ वर्षीय जनग मन्सुर, सोही ठाउँका १६ वर्षीय फिरोज मन्सुर र २३ वर्षीय असरख मन्सुरलाई वीर अस्पतालमा रिफर गरिएको खड्काले जानकारी दिएका छन ।

घाइते भएका जगागिर मन्सुर, नाजम मन्सुर र इकुन मन्सुरको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेको अवस्था सामान्य रहेको छ । ट्याक्टर चालक कासी मन्सुरसहित आठ जना सवार रहेका थिए । उक्त ट्याक्टरमा थोत्रो कपडा पेल्ने मेसिनसहित बोकेर सिरक, डस्ना बनाउने काम गर्दै हिँड्ने गरेका रहेको प्रहरीले जनाएको छ । चालक मन्सुर सामान्य घाइते भएको र उनलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ असोज २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *