२०८१ चैत्र ६ गते बुधवार

९३ प्रतिशत हिंसा घर परिवारवाटै, ८२ प्रतिशत चिनजानका ब्यक्तिबाट

तुलसीपुर,भदौ ९ । महिला तथा बालिकामाथि हुने बलात्कार तथा हिंसाका घटनामा घर परिवारबाटै अधिकाँस हिंसाका घटनाहरु हुने गरेको तथ्य फेला परेको छ ।

लुम्बिनी प्रदेश सरकारले प्रकासित लैगिंक अनुपातको बस्तुस्थितिको तथ्याङ्कले त्यस्तो देखाएको छ । जसमा घरेलु हिंसामा शारिरीक र मानसिक हिंसा बढी हुने गरेको उल्लेख छ ।

बुधबारको भर्चुअल मिटिङमा डा.समिक्षा कोइराला र राधा पौडेलले एक सयमा ९३ प्रतिशत हिसांका घटनाहरु घरबाट घट्ने गरेको र त्यसमध्ये ८२ प्रतिशत हिंसा चिनजानका ब्यक्तिबाट हुने गरेको जानकारी दिएका थिए ।

उनीहरुले घटना ढाकछोप गर्न मिलापत्र गर्नेदेखि पीडितलाई मार्नेसम्मका जघन्य अपराधका घटनासमेत बढेकाले प्रदेश सरकारले सचेतनाका कार्यक्रम ल्याउन सुझाएका छन् ।

कोरोना महामारीको जोखिम कम गर्न विभिन्न स्थानमा सञ्चालन गरिएका क्वारेन्टाइनमा लैगिंक हिंसाका घटनाहरु भएको संसदीय मालिला पत्रकार समाज लुम्बिनी प्रदेश उपाध्यक्ष अमृता अनमोलले बताइन ।

लुम्बिनी प्रदेशमा महिलाको सवालमा हालसम्म गरेका कामको समिक्षागत छलफल कार्यक्रममा उनले यस्तो जानकारी दिएकी हुन ।

कार्यक्रममा लैगिंक समानता, शान्ति र सुरक्षा निमार्णमा संसदीय भूमिकाको बारेमा जानकारी दिइएको थियो ।

विवाह जन्य हिंसा,बालविवाह र बह ुविवाह, यौन हिंसा र दुव्यवहार, कुरीति कुसंस्कार जन्य हिंसा, बेचबिखन तथा ओसारपसार,सार्वजनिक स्थलमा हुने हिंसा,सामाजिक दुरुपयोगवाट हुने हिंसा,राजनीति क्षेत्रमा हुने हिंसा, नागरिकता तथा पहिचान जन्य हिंसा र रोजगारी जन्य हिंसा बढी हुने गरेको प्रदेश सरकारको तथ्याङ्कमा उल्लेख छ ।

तथ्याङ्कले शारिरिक हिंसा २२.६ प्रतिशत,पतिबाट हिंसा २४, पतिबाट गर्व अवस्थामा हिंसा ६, यौन हिंसा ८.३, मानसिक हिंसा १४.८, हिंसा भोगेर कसैलाई नबताउने ७०.४ रहेको उल्लेख गरेको छ ।

पछिल्लो समय घरभित्रैबाट हिंसाका घटनाहरु बढी हुने गरेको तथ्याङकले देखाएको छ । प्रदेश सरकारले २०७६ मा निकालेको लैगिंक अनुपातमा हेर्दा महिलाको जनसंख्या ५२ दशमलब ४ प्रतिशत रहेको छ ।

त्यस्तै महिला साक्षरता (१५ देखि ४९ वर्ष) ७२.६ प्रतिशत, महिला साक्षरता (१५ देखि २४ वर्ष) ८७.२ प्रतिशत, प्रतिनिधि सभामा महिला सहभागिता (२ जना प्रत्यक्ष) २४ मा, प्रदेश सभामा महिला सहभागिता ८७ जनामा ३३ जना (३ जना प्रत्यक्ष) हाल ८० जनामा ३२ जना महिला, प्रदेश सरकारमा महिला मन्त्री २ जना, स्थानीय तहमा महिला सहभागिता ४२ प्रतिशत रहेको छ । १ सय ९ वटा स्थानीय तहमध्ये महिला अध्यक्ष एक जना मात्र रहेकी छन् ।

प्रदेशले आवधिक योजनामा महिला विकाश तथा सशक्तिकरण जस्ता कुराहरु समावेश गरपनि बितेको ३ वर्षमा लुम्बिनी प्रदेश सभाले आवधिक योजनाको लक्ष्यअनुसार नीति तथा कानुन बनाउन सकेको छैन ।

प्रदेशसभामा ८ वटा संसदीय समिति छन । त्यसमध्ये एक सामाजिक समिति छ । जस्ले लैगिंक समानता,शान्ति र महिला सुरक्षाका सवालमा काम गर्ने गर्दै आएको छ ।

त्यस्तै प्रहरीको तथ्याङ्कमा वितेको आर्थिक वर्ष २०७७÷०७८ मा लुम्बिनी प्रदेश प्रहरीमा सबैभन्दा धेरै घरेलु हिंसा निवेदन ठाडो उजुरीका २ हजार ३ सय १८ वटा मुद्दा दर्ता भएका छन ।

त्यस्तै जवरजस्ती करणिका ४ सय ४३, जवरजस्ती करणी उद्योगका १ सय ३२, बहुविवाह १ सय ३१, बाल विवाह १०, बोक्सीको आरोप ९, जातिय छुवाछुत ५, अप्राकृतिक मैथुन ११, बालयौन दुराचार ३२, अवैध गर्भपतन ४, कर्तव्य ज्यान ४५, मानव बेचविखन २६, आत्महत्या ६ सय ४६, अपहरण तथा शारिरिक बन्धक ११, अपहरण तथा शारिरिक बन्धक पश्चात जवरजस्ती करणी ५ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरीको तथ्याङकले देखाएको छ ।

प्रहरीको तथ्याङकले जनप्रतिनिधिहरु समेत, चोरी, जुवातास, लागुऔषध, बलात्कार, कर्तव्य ज्यान, सरकारी छापकिर्ते, सवारी ज्यान मुद्धा, बहुविवाह, कुटपिट जस्ता अपराधिक क्रियाकलापमा सग्लन रहेको देखाएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदे्शका उपसभामुख कृष्णी थारुले महिला सांसदहरुले महिला अधिकार र लैंगिक सशक्तिकरणका मुद्दामा पार्टी भन्दा माथि उठेर काम गर्न आग्रह गरिन ।

नीति निर्माण र निर्णय तहमा पुगेका महिलाले साझा मुद्दा बनाए मात्रै महिला अधिकार र लैंगिक सशक्तिकरणका विषयलाई कार्यान्वयन तहमा लैजान सकिने उनको भनाइ छ ।

महिलाहरुले अब आआफ्नै क्षेत्रबाट लैंगिक समविकासका लागि भूमिका बढाउनु पर्ने बताउदै उनले प्रदेश सभामा महिला अधिकारका सवालमा के कस्ता ? योजना लैजाने भनेर समूहगत र क्षेत्रगत छलफल पनि बढाउनु पर्ने बताइन ।

उक्त भर्चुल छलफल कार्यक्रमको सहजीकरण गोविन्द खड्काले गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७८ भाद्र ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *