२०८१ असार ३ गते आइतवार

थप ३ हजार ४२ जनामा काेराेना पुष्टि, २ हजार २ सय ४४ जना निकाे

काठमाडौं, भदौ ४ । पछिल्लो २४ घण्टामा तीन हजार ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

१० हजार पाँच सय ३० जनाको पीसीआर र सात हजार एक सय २४ जनाको एन्टिजेन गरी १७ हजार ६ सय ५४ जनाको नमुना परीक्षण गर्दा तीन हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

२४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १७ दशमलव २३ प्रतिशतमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख २३ हजार ६ सय ४७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ४४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ९३ हजार पाँच सय ४३ पुगेको छ ।

यही अवधिमा थप २६ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

यो सहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार चार सय ५५ पुगेको छ । अहिले नेपालमा ४० हजार तीन सय नौ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *