२०८१ असार ३ गते आइतवार

शंकर पोखरेलको गृहजिल्ला दाङमा एमाले समाजबादीको पक्षमा बुहमत

तुलसीपुर, भदौ ३ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा स्थायीकमिटिटी सदस्य शंकर पोखरेलको गृहजिल्ला दाङमा एमाले (समाजबादी) पार्टीको पक्षमा बहुमत देखिएको छ ।

जिल्लामा नेकपा एमाले एउटै छँदा रहेका चार पदाधिकारी मध्य तीन जना माधब कुमार नेपालले नेतृत्व गरेको एमाले समाजबादीका पक्षधर रहेको एमाले जिल्ला सचिवालय सदस्य पदम केसीले दाबी गरे ।

जिल्ला कमिटी अध्यक्ष टीकाराम खड्का, सचिव तथा दाङको निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित हिराचन्द्र केसी, सहसचिव सुरामणि बेलबासे नेपाल समुहमा रहेको केसीले बताए ।

‘पदाधिकारी मध्य जिल्ला उपाध्यक्ष हुकुमबहादुर बस्नेत मात्रै नेकपा एमालेको पक्षमा हुनुहुनन्छ,’ केसीले भने ‘ बाँकी सबै हाम्रो पक्षमा आउनु भएको छ ।’
बस्नेत हाल पार्टी अध्यक्ष केपी शर्मा ओली समुहको दाङ जिल्ला अध्यक्ष बनाइएका छन् ।

त्यस्तै ३२ जनाको सचिवालय सदस्यमा झन्डै २२ जना जति एमाले समाजबादीको आफ्नो पक्ष रहेको केसीले दाबी गरे ।

एमाले जिल्ला कमिटीका ८४ जना सदस्य मध्य यो बीचमा एक जनाको निधन भएको र त्यसमध्य झन्डै ४५ जना भन्दा माथि एमाले ९समाजबादी० को पक्षमा गोलबद्ध रहेको सचिवालय सदस्य केसीले बताए ।

त्यस्तै पूर्व एमाले अध्यक्षहरु लक्ष्मण आचार्य र जोगबहादुर रानापनि नेपाल समुहकै नेता हुन ।

त्यस्तै एमाले दाङका संस्थापक नेताहरु नारायण आचार्य, तिलक केसी, मेघबहादुर बिसी, तिलक डाँगी, दामोदर अधिकारी, ऋषिराम आचार्य लगाएतका नेताहरु समाजबादीमा गोलबद्ध रहेको पदम केसीले दाबी गरे ।

संघमा नेपाल र प्रदेशमा ओली समुह
दाङको निर्वाचन क्षेत्र नं.१ बाट निर्वाचित एमाले केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज मेटमणि चौधरीपनि एमाले (समाजबादी) मै छन् ।

 

दाङका तीन संघीय निर्वाचन क्षेत्र मध्य २ नम्बरबाट माओबादीका कृष्णबहादुर महराले निर्वाचन जितेका थिए । निर्वाचन क्षेत्र नं। ३ का संघीय सांसद हिराचन्द्र केसीपनि नेपाल पक्षधर हुन ।

तर, प्रदेशमा भने एमाले ९समाजबादी०को पक्षधर एक जनापनि छैनन् । दाङको निर्वाचन क्षेत्र नं.२ ९क०बाट लुम्बिनीका पूर्व मुख्यमन्त्री शंकर पोखरेल निर्वाचित भएका थिए ।

२ (ख) मा एमालेबाट निर्वाचित अमरबहादुर डाँगीले सांसद पदबाट राजीनामा दिइ सकेका छन् । हाल उनी लुम्बिनीका मुख्यमन्त्री कुलप्रशाद केसी ९सोनाम०को प्रमुख राजीनितक सल्लाहकार नियुक्त गरिएका छन् । तर, डाँगीपनि एमाले (समाजबादी) पक्षधर नै हुन ।

दाङको निर्वाचन क्षेत्र नं. १ ९ख० बाट निर्वाचित रेवतिरमण शर्मा र समानुपातिक सांसदहरु सरस्वती गौतम र धमकली चौधरीपनि एमाले अध्यक्ष ओलीको समुहमा छिन् ।

पछिल्लो उपनिर्वाचनमा समय नेकपाको तर्फबाट निर्वाचन क्षेत्र नं.३ (ख)बाट निर्वाचित बिमला ओली खत्रीले नेकपा माओबादी केन्द्र रोजेकी छन् ।

चोइटिएर गएका झुण्डले केही असर पुग्दैन – हुकुमबहादुर बस्नेत

पार्टी अध्यक्ष ओली समुहका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले केही मानिसहरु चोइटिएर गएपनि त्यसले नेकपा एमालेलाई कुनै असर नपार्ने दाबी गरेका छन् ।

उनले चोँईटिएर गएकाहरुले एमालेमा दाङमा नभइ समाजबादीमा मात्रै बहुमत पु¥याउन सक्ने तर्क गरे ।

बस्नेतले भने ‘अब उनीहरुले छोप्दै नयाँ मानिसहरुलाई भर्ना गरे त बहुमत पुगि हाल्छ नि, हैन र ?’

उनले चोइटिएर गएकाहरु पनि बिस्तारै एमाले र सूर्य चिन्ह भित्र गोलबद्ध हुन आउने दाबी गरे ।

 

प्रकाशित मिति : २०७८ भाद्र ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *