२०७८ असोज ८ गते शुक्रवार

सरकारले अफगानिस्तानबाट एक सय २७ नेपाली चाटर्ड बिमान मार्फन नेपाल ल्यायो

काठमाडौं,भदौ १ । नेपाल सरकारले चाटर्ड बिमान मार्फत अफगानिस्तानबाट एक सय २७ नेपालीलाई काठमाडौं ल्याएको छ । जसमा एक सय २६ जना पुरूष र एक जना महिला रहेकी छन् ।

जजिरा एयरलाइन्समार्फत मंगलबार बिहान १० बजेर १६ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल अबतरण गरेका हुन ।

नेपाल सरकारकाले अफगानिस्तानमा द्धन्द चर्किने संकत पछि चार्टर्ड बिमानबाट कुवेत हुँदै मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइ पु¥याएको हो ।

उनीहरूलाई नेपाली सेनाले सामाखुसीस्थित आइसोलेसन सेन्टरमा लगेर राखेको छ ।
नेपाल सरकारको प्रोटोकलअनुसार सेनाको आइसोलेसन सेन्टरमा राखिएको हो । उनीहरुको एन्टिजेन्ट परीक्षण गरिने भएको छ ।

त्यसपछि स्वास्थ्य प्रोटोकलअनुसार होम आइसोलेसनमा पठाउने वा आइसोलेसनमा राख्ने निधो गरिने नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।

परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपाली उद्धार गर्न वैधानिक बाटोबाट श्रम स्वीकृति लिएर गएकाहरूको उद्धारका लागि उनीहरू कार्यरत मिसनहरूसँग नै समन्वय गरिएको छ।

त्यसका लागि अमेरिका, बेलायत, जर्मनी, जापान र राष्ट्र संघका विभिन्न मिसनलाई सहयोग मागिएको छ ।

तर, आफ्नै तरिकाले अबैधानिक बाटो हुँदै अफगानिस्तान पुगेका नेपालीहरुको तथ्यांक संकलनको काम भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानमा रहेका नेपालीलाई आफ्नो विवरण अनलाइनमा अपडेट गर्न आग्रहपनि गर्दै आएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *