२०७८ असोज ८ गते शुक्रवार

अटोमेटिक पेस्तोलसहित दूई भारतीय नागरिक पक्राउ

दाङकै एक ब्यक्तिले ३ लाखमा मगाएका थिए, बरामद पेस्तोल

दाङ, साउन १९ । अटोमेटिक पेस्तोलसहित दूई भारतीय नागरिक दाङको देउखुरी क्षेत्रबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा छिमेकी देश भारतको जिल्ला शिद्धार्थ नगर नगरपञ्चायत बढनी वडा नं. ३ का २२ बर्षीय करमुल्लाह आमिर र सोही ठाउँको वडा नं. ८ का १९ बर्षीय राजा खान रहेका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले उनीहरुको साथबाट चाइनिज टाइप ५४ नाइन ९९० एमएमको अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने दूई थान गोली बरामद भएको जानकारी दिए ।

बरामद पेस्तोल प्रयोग नभएको, एक फायरपनि नभएको तथा बिल्कुलै नयाँ रहेको एसपी काफ्लेले जानकारी दिए ।

दाङका एक जना मानिसलाई तीन लाख बेच्नका लागि दूई भारतीय नागरिकहरु जिल्ला प्रबेश गरेको गोप्य सूचनाको आधारमा सोमबार बेलुका जिल्लाको गढवा गाउँपालिका वडा नं। १ जुलौरी क्षेत्रवाट उनीहरु पक्राउ परेको एसपी काफ्लेले पत्रकार सम्मेलनमा बताए ।

जिल्ला प्रहरी कार्यालय घोराही र अस्थायी प्रहरी पोष्ट कालाकाँटे संयुक्त प्रहरी टोलीले सोमबार बेलुका पाँच बजेतिर उनीहरुलाई अटोमेटिक पेस्तोलसहित पक्राउ गरेको थियो ।

‘ पेस्तोल किन्न खोज्ने दाङका ती ब्यक्ति कल्पना नगरिएका ब्यक्ति छन्,’ एसपी काफ्लेले भने ‘ ती ब्यक्तिले मागेको हतियारसहित दूई जना पक्राउ परेपछि हाल ती मानिस फरार रहेका छन् ।’

प्रहरीका अनुसार यसअघिपनि पक्राउ परेका ब्यक्तिहरुले जिल्लामा ल्याएर अबैध रुपमा हतियार बिक्रि गरेको खुल्न आएको जानकारी दिए ।

पक्राउ परेका ब्यक्तिहरु बिरुद्ध खरखजना ऐन अन्तरगत मुद्दा चलाएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०७८ साउन १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *