२०८२ बैशाख ११ गते बुधवार

राप्तीको न्यायिक समितिले ५८ विवाद निरुपन गर्यो


असार ३१ । राप्ती गाउँपालिका न्यायिक समितिले आर्थिक वर्ष २०७७÷ ०७८ मा ५८ वटा विवाद निरुपन गरेको छ । आर्थिक वर्षको २०७८ साल असार ३० गते सम्म ४३ वटा विवाद दर्ता भएका थिए । त्यस्तै गत वर्षको निरुपण हुन बाँकी थप १५ वटा बिबाद गरि कुल ५८ वटा विवाद उपर छलफल गराई निरुपण गर्न सफल भएको न्यायिक समिति संयोजक जगदम्वा कुमारी चौधरीले जानकारी दिइन ।

न्यायिक समितिले आर्थिक वर्षको असार ३० गतेसम्म मेलमिलापको माध्यमवाट ती मुद्दाहरु निरुपन गरेको हो । त्यस्तै न्यायिक समितिले निणर्य कार्यान्वयनमा सहयोग गर्न २ वटा मुद्दा प्रहरीमा, ९ वटा अदालतमा र २ वटा वडा कार्यालयमा मुद्द सिफारिस गरिएको जानकारी दिएको छ ।

गाउँपालिकामा उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको संयोजकत्वमा ३ सदस्य न्यायिक समिति रहेको छ । जसको सदस्यमा वडा नं १ का वडाध्यक्ष ताराबहादुर डिसी र वडा नं ७ का वडाध्यक्ष विद्याशरण चौधरी रहेका छन् ।

आलीधुर, बाध पैनी, कुलो वा पानी घाटको बाँडफाँड तथा उपयोग सम्वन्धि २ वटा, ज्याला मजुरी नदिएको सम्वन्धि २ वटा, जेष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको सम्वन्धि २ वटा, नाबालक छोरा छोरी वा पति÷पत्नीलाई इज्जत आमद अनुसार खान लाउन वा शिक्षा दिक्षा नदिएको सम्वन्धि ३ वटा जस्ता मुद्दाहरु न्यायिक समितिमा दर्ता भएका छन् ।

न्यायिक समितिमा दर्ता भएको ३५ दिन भित्रै निणर्य भएका विवादको संख्या २५, दर्ता भएको ३५ दिन पछि निणर्य भएका विवादको संख्या ३३ रहेको छ । समितिको निणर्य चित्त नबुझी पुनरावेदन गएका विवादको संख्या १ रहेको छ ।

प्रकाशित मिति : २०७८ असार ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *