२०८१ चैत्र १४ गते बिहिवार

मलेसियाबाट एक दंगालीको पुकार – प्रधानमन्त्रीज्यू, मेरो उद्धारगरि बक्सियोस, मरेपनि म नेपालमै मर्न चाहान्छु

दाङ, असार २५ । हेपाटाईटिस रोगबाट ग्रसित एक जना नेपालीले आफ्नो उद्धारको लागि नेपाल सरकार संग गुहार मागेका छन् ।

दाङको घोराही उपमहानगरपालिका वडा नं। २ रामपुरको मोतिपुर गाउँका ४७ बर्षिय मेघराज कालोथोकीले आफ्नो उद्धार गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसंग याचना गरेका छन् ।
कालाथोकीले आफुले दवाई नपाएको हुँदा आफु मर्ने स्थितिमा पुगेको भन्दै जति हुन्छ छिटो उद्धारका लागि प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । कम्पनीले पनि आज भोलि आज भोलि भन्दै नेपाल नपठाएर टार्ने गरेको उनले आफ्नो भिडियो सन्देशमा बताएका छन् ।

‘म मरेपनि नेपालमै मर्न चाहान्छु,’ कालोथोकीले भनेका छन् ‘ ल्लिज जति हुन्छ चाँडो, जसरी हुन्छ मेरो उद्धार गरि बक्सियोस ।’

कालाथोकीले आफ्नो भिडियोमा करार अबधि सकिएको तीन बर्ष तीन महिना पुगि सकेको कुरापनि उल्लेख गरेका छन् ।

दाजु थानेश्वर कालाथोकीले भाइले आफ्नो अवस्था नाजुक रहेको भन्ने कुरा फोनमा गर्दै आएको हुँदा तत्काल राज्यले आफ्नो नागरिकलाई उद्धार गर्न पहल गर्नु पर्ने बताए ।

भान्जा कमानन्द शर्माले तीन दिन अगाडि जिल्ला प्रहरी कार्यालय घोराहीमा पुगेर उद्धार मामाको मलेसियाबाट जति हुन्छ छिटो उद्धार गर्नको लागि पहल गरिदिन याचनासहितको निबेदन दिएको बताए ।

श्रीमती मेनका कालाथो र बाल बच्चा श्रीमान तथा बुवा बिरामी भएको अवस्था बारे थाहाँ पाएर निकै चिन्तित रहेको उनले बताए । ‘माईजु हामी आफन्त कहाँ आएर रोई कराई गरेपछि हामी गएर प्रहरीमा केन्द्रमा पठाइदिनका लागि निवेदन दिएका हौं,’ उनले भने ‘ दुःख बिरामी पर्दा नागरिकले संझिने घर परिवार र देश नै हो, यस्तो बेला राज्यले जति सक्यो छिटो उद्धार गर्नु पर्छ ।’

हेपाटाइटिस रोगका बिरामी कालाथोकी हाल मलेसियाको क्वालालाम्पुरस्थित काजाङ भन्ने ठाउँको एक कम्पनीमा कार्यरत रहेको घर परिवारले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७८ असार २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *