२०८२ कार्तिक २९ गते शनिवार

५ बर्ष काराबासको सजाय तोकिएका घोराहीका चौधरी पक्राउ

तुलसीपुर, असार २३ । कतव्य ज्यान मुद्दामा पाँच बर्ष काराबास सजाए तोकिएका एकजना फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १५ रतनपुरका फरार प्रतिबादी ४१ बर्षीय बीरबहादुर चौधरीलाई लुकिछिपी बसेको अवस्थामा प्रहरी मंगलबार पक्राउ गरेको थियो ।

कतब्र्य ज्यान मुद्दामा चौधरीलाई दोषी ठहर गर्दै दाङ देउखुरी जिल्ला अदालतले २०७५ साल माघ २९ गते पाँच बर्ष कैद सजाएको फैसला सुनाएको थियो । त्यसयता चौधरी फरार रहँदै आएका थिए ।

चौधरीलाई बुधबार अदालतमा पेश गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए ।

अदालतको आदेशले तोकिएको सजाय भुक्तानका लागि बुधबार नै कारगार चलान गरिएको प्रहरी प्रबक्ता रिजालले बताए ।

प्रकाशित मिति : २०७८ असार २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *