२०८१ बैशाख ७ गते शुक्रवार

स्वास्थ्य कार्यालयले मेट्रो हस्पिटलाई २ वटा कन्सन्ट्रेटर दियो

तुलसीपुर, असार १४ । स्वास्थ्य कार्यालय दाङले तुलसीपुर मेट्रो हस्पिटललाई स्वास्थ्य उपकरण प्रदान गरेको छ ।

सोमबार कार्यलका प्रमुख अंगदबहादुर शाहीले दूई थान कन्सन्ट्रेटर र एक थान स्टेप्लाईजर मेसिन प्रदान गरेका हुन ।

शाहीले ती उपकरणहरु तुलसीपुरका मेयर घनश्याम पाण्डेलाई हस्तान्तरण गरेको तुलसीपुरका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

यसैबीच सोमबारदेखि मेट्रो हस्पितलमा कोरोना केश ब्यबस्थापन सम्बन्धि तालिम सुरु भएको छ ।

हस्पिटलमा कार्यरत चिकित्सक, नर्सिङ, प्यारामेडिक्सहरुलाई अनसाईट तालिम सुरु भएको कोरोना फोकल पर्सन केसीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७८ असार १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *