तुलसीपुर, असार १२ । शनिबार दिउँसा घोराहीस्थित बगाले खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । घोराही उपमहानगरपालिका वडा नं. ११ शिबपुर निबासी ५० बर्षीया मिना भण्डारी जितपुरदेखि शिबपुरस्थित आफ्नो घर जाने क्रममा खोलामा आएको बाढीले बगाएको हो ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालका अनुसार बेपत्ता भण्डारीको खोजी कार्यका लागि १४ जना प्रहरी खटिएका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरिक्षक मोहनजंग बुढाथापाको कमाण्डमा थप ९ जना र प्रहरी नायब निरिक्षक गणेश कमाण्डमा ५ सदस्य टोली खोजी कार्यका लागि खटाएको डिएसपी रिजालले जानकारी दिए । घटनास्थल घोराही बजारदेखि ५ किलोमिटर उत्तरमा पर्ने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ असार १२ गते शनिवार