तुलसीपुर, असार ८ । तुलसीपुर मेट्रो अस्पतालमा एक्सरे सेवा सुरु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका– ८ स्थित भिमसेन शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र अन्तर्गत रहेको अस्पतालमा मंगलबार नगर प्रमुख घनश्याम पाण्डेले रेक्सरे सेवाको उद्घाटन गरेका हुन ।
तत्काल अस्पतालका कोरोना बिरामीले मात्रै एक्सरे सेवा पाउने कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।
यस अघि एक्सरे सेवा नहुँदा बिरामी एक्सरे गर्न तुलसीपुर बजारसम्म पुग्नै पर्ने बाध्यता थियो ।
अस्पतालमा केही समयअभि ल्याब सेवा समेत संचालनमा आएको छ ।
उद्घाटन पछि नगर प्रमुख पाण्डेले स्वास्थ्यमा थप फड्को मारेको तर्क गरे ।
कोभिड महामारी नियन्त्रणका लागि चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधी, विभिन्न संघसंस्था र सहयोगी दाताको बलमा सफलता हात परेको उनले बताए ।
कार्यक्रममा उपप्रमुख माया आचार्य, ग्रिण तुलसीपुर क्लिन तुलसीपुरका अभियन्ता बिमल रिजाल, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, तुलसीपुर जेसिजका अध्यक्ष नारायण भट्राई, तुलसीपुका सामाजिक विकास समितिका संयोजक कुमार लामीछाने, तुलसीपुर अटोभिलेज व्यवस्थापन समितिका अध्यक्ष पदम पोख्रेल, तुलसीपुर स्वास्थ्य शाखा प्रमुख ओमप्रसाद न्यौपाने लगाएतले त्यसक्रममा मनतब्य ब्यक्त गरेका थिए ।