२०८१ असार ६ गते बुधवार

विपत परे तत्कालै खवर गर्नुहोस, उद्धार कार्यमा सेना तत्कालै खट्ने छ – बाहिनीपति केसी

तुलसीपुर,असार ३ । अविरल बर्षातका कारण मुलुकका विभिन्न भू–भागहरुमा भएको ठूलो धनजनको क्षतिसंगै उद्धार र पीडितहरुको पुर्नंस्थापनमा नेपाली सेना तयारी अवस्थामा रहेको छ । शैनिक मुख्यालयसंगै जिल्लामा रहेका विभिन्न गण, वाहिनी र पृतनाहरुले उद्धार सामाग्रिहरु सहितको रेस्क्यु टिम बनाएर तयारी अवस्थामा बसेका छन् ।

नेपाली सेनाले यसलाई मानविय धर्म र पून्यको काम भन्दै आएको छ । जसका लागि कुनैपनि आदेश र निर्देशनको प्रतिक्षा माथिल्लो निकायबाट गरिरहनु पर्दैन । यतिखेर विभिन्न प्राकृतिक विपतहरुको सामना गर्न नेपाली सेनाका हरेक गणहरुदेखि व्यारेकसम्म तयारी अवस्थामा बसेका छन् । दाङ जिल्लामा पनि तुलसीपुरको १९ नम्बर वाहिनी, घोराहीको गण र लमहीको व्यारेक उद्धारका लागि तयारी अवस्थामा रहेको नेपाली सेना १९ नम्बर वाहिनी तुलसीपुरका एक अधिकारीले बताएका छन् ।

‘हामी हरेक प्राकृतिक विपतमा मुभ हुनकालागि तयारी अवस्थामा हुन्छौं,’ वाहिनीपति तथा सहायक रथि मदन केसीले भने ‘प्राकृतिक विपतको क्षणमा हरेक नागरीकको ज्यूज्यानको रक्षा गर्नु हाम्रो कतब्र्य हो ।’विपतका वेला उद्धारका लागि मुभ हुन कुनै माथिल्लो निकायको निर्देशन कुरीरहनु नपर्ने अवस्था बाहिनीपति केसीले बताए ।

अन्य काममा जानका लागि माथिल्लो निकायको निर्देशन आवस्यक भएपनि प्राकृतिक विपतको घडिमा सेनाका हरेक जवानहरु ऊ जँहा छ, त्यँहीबाट उद्धारमा जान सक्ने केसीले जानकारी दिए । नेपाली सेनाका हरेक गणमा वाढीको उद्धार, पहिरोमा फसेकाको उद्धारका लागि अलग अलग तालिम दिने गरिन्छ ।त्यसैगरी अलग तालिम कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका ब्यक्तिहरुको शव व्यवस्थापन लगायतका विषयमा दिने गरिएको वाहिनिपती केसीले बताए ।

सेनाले सवैभन्दा पहिले मानविय क्षतिलाई प्रार्थमिकता राखेर काम गर्ने केसीले जानकारी दिए । त्यसपछि मात्र अन्न्य भौतिक क्षतिको व्यवस्थापनमा सहयोगी भूमिका निर्वाह गर्ने गर्छ । ‘मानबिय क्षति जोगाउन हाम्रो दस्ता सवैभन्दा पहिले परिचालित हुने गर्छ,’ उनले भने ‘त्यसका लागि हामी चौविसै घण्टा तयारी अवस्थामा रहन्छौं ।’कुनैपनि स्थानमा बिपतबाट समस्या भएको सूचना आउना साथ घटनास्थलमा पुग्ने गरि तयारी अवस्थामा सेना बसेको उनले जानकारी दिए ।

सहायक रथि केसीले बर्षातको समयमा पहिरोमा परेका नागरीकको उद्धारगर्न तथा बाढीमा फसेकाहरुको उद्धारका लागि लाइफ ज्याकेट, गोताखोर, बोट, डोरी (टोचन) लगायतका सामाग्रिहरु सेनाको टोलिसंग तयारी अवस्थामा रहने बताए ।
सैनिक मुख्यालयले हरेक इकाइलाई यस्ता सामाग्रिहरु उपलव्ध गराइ सकेको हुन्छ । आवस्यक परेको अवस्थामा काठमाण्डौ र सुर्खेतमा रहेका इकाईहरुबाट हेलिकोप्टर समेत स्ट्याण्डवाई अवस्थामा रहने हुँदा तत्काल उद्धारका लागि आउन सक्ने केसीले बताए ।

सेनाले अघिल्लो भूकम्पको समयमा विदेशी निकायबाट प्राप्त अत्याधुनिक उद्धार सामाग्रिहरु पनि प्राप्त गरेको छ । आवस्यकता अनुसार ती उपकरण तथा सामाग्रीहरुको प्रयोग हुने बाहिनीपति केसीले बताए । यतिखेर सिन्धुपाल्चोकको मेलम्चिमा बाढी पिडितहरुको उद्धार कार्यमा नेपाली सेनाको विशेष टुकडी नै परिचालन भएको छ ।तत्काल उद्धारमा मुभ भएको सेनाले घटनास्थलमा पुगेर उद्धारको काम सम्पन्न गर्दैगर्दा रिपोर्टिङ भने विभिन्न माथिल्लो इकाइै मार्फत शैनिक मुख्यालयलाई गर्ने गरेको छ ।

नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त रेस्कयू टोलीले बुधवार विहान देउखुरीको राप्ती भंगालोमा फसेका ४ जना सर्वसाधारणको सकुशल उद्धार गरेको थियो । लमहीको अर्जुनखोलामा रहेको नेपाली सेनाको व्यारेकबाट खटिएका ६ जना शैनिक र अर्जुनखोलामै रहेको शशस्त्र प्रहरी वलका उद्धारकर्मीहरुको संयुक्त टोलीले अर्जुनखोलाको कम्तिमा ६ किमी दक्षिणमा रहेको राप्तीको भंगालोबाट रबर बोट मार्फत भैंसी चराउन गएका चार जनाको उद्धार गरेको हो ।

प्रकाशित मिति : २०७८ असार ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *