दाङ, असार ३ । घोराहीमा बञ्चरो प्रहार गरि श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. ३ बेलुवा निवासी ५७ बर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरि ४६ बर्षीया स्याना कुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले बताए ।
सामान्ने घराएसी बिबादका कारण बुधबार बेलुका पौने ६ बजेतिर मुकुन्दलालले श्रीमती स्याना कुमारी चौधरीको टाउकोमा बञ्चरो प्रहार गरि सक्त घाइते तुल्याएका थिए ।
मेडिकल कलेज कोहलपुरमा स्याना कुमारीको बिहीवार दिउँसो उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रबक्ता डिएसपी रिजालले जानकारी दिए । आरोपित मुकुन्दलाल प्रहरीले नियन्त्रण लिइ सकेको छ ।
प्रकाशित मिति : २०७८ असार ३ गते बिहिवार