२०८१ असार ९ गते शनिवार

सशस्त्र प्रहरीले राप्तीमा फसेका ४ जनाको सकुशल उद्धार ग¥यो


तुलसीपुर, असार २ । सशस्त्र प्रहरीले राप्ती नदीको बीचमा फसेका चार जना सर्वसाधारणको सकुशल उद्धार गरेको छ ।
लमही नगरपालिका वडा नं. ७ का ४८ बर्षीय मनराम चौधरी, राजपुर गाउँपालिका वडा नं. २ की ४५ बर्षीया साबित्रा यादब, सोही ठाउँका २६ बर्षीय राधे यादब र राजपुर ३ का २६ बर्षीय गणेश यादबलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो ।

लमही ७ हस्नापुरमा भैंसी पाल्नका लागि अस्थायी गोठ बनाएर बसेका उनीहरु राप्ती नदीमा आएको बाढीका कारण बीचमा फसेका थिए । उनीहरुको बुधबार बिहान करिब पौने ९ बजेतिर सकुशल सशस्त्र प्रहरीले उद्धार गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको उद्धार गर्नको लागि सशस्त्र प्रहरी बल भालुवाङबाट उपरिक्षक टोपबहादुर खनालको कमाण्डमा नौं जना र लमहीस्थित अर्जुन खोलामा रहेको सशस्त्र प्रहरी क्याम्पबाट थप १६ जना सशस्त्र प्रहरी रबरबोट तथा उद्धार सामाग्री साथ बुधबार बिहान ६ बजे नै घटनास्थल पुगेका थिए ।

लमही ७ हस्नापुर र राजपुर गाउँपालिकाको वेला घाटबीच टापुमा राप्ती नदीमा बाढी आउँदा उनीहरु बीच्मै फसेको खवरपछि सशस्त्र प्रहरी पुगेर उद्धार गरेको हो ।

प्रकाशित मिति : २०७८ असार २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *