२०७८ साउन २० गते बुधवार

असार १ गतेदेखि प्रतिष्ठानले बन्द ओपिडी र आइसियू सेवा सुरु गर्ने


तुलसीपुर, जेठ ३१ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले असार १ गतेदेखि ओपिडी र आइसियू सेवा फेरि सूचारु गर्ने भएको छ ।
कोभिड– १९ को महामारी तथा तीब्र संक्रमनका कारण प्रतिष्ठानले गत बैशाख १९ गतेदेखि ओपिडी र शल्यक्रिया जस्ता सेवाहरु बन्द गरेको थियो ।

पछिल्लो समय कोरोना संक्रमनको दर घट्दै गएको तथा सर्वसाधारण बिरामीको सेवालाई मध्यनजर गर्दै ती सेवाहरु सुरु गर्न लागिएको प्रतिष्ठान प्रशासनले जाकारी दिएको छ ।

उस्ले आइसियू सेवा समेत सुरु गर्ने र जटिल प्रकृतिका रोगका बिरामीहरुको समेत उपचार सुरु हुने जानकारी दिएको छ ।
तर, प्रतिष्ठान प्रशासनले साधारण बिरामी अस्पताल आउँदा एक्लै आउन र अशक्त, जेष्ठ नागरिक तथा बालबालिकाको हकमा एकजना मात्रै सहयोगी आउन आग्रह पनि गरेको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *