२०८२ बैशाख ११ गते बुधवार

प्यूठानमा जिप दूर्घटना तुलसीपुरका एक ब्यक्तिको घटनास्थलमै मृत्यु

दाङ, जेठ २९ । प्यूठानमा जिप दुर्घटना हुंदा दाङ तुलसीपुरका एक ब्यक्तिको घटनास्थलमै मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ का २६ बर्षीय जिपका चालक प्रकाश आचार्यको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रबक्ता तथा प्रहरी निरिक्षक देबीप्रशाद गैरेका अनुसार बिहान ११ बजेतिर कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको ध १ झ नम्वरको जिप मल्लारानी गाउँपालिका ४ खत्रे खोलामा दुर्घटनामा परेको थियो ।

चालक आचार्य कर्मचारीलाई गाउँपालिकाको कार्यालयमा छोडेर एक्लै फर्किदै गर्दा दुर्घटनामा परेको प्रबक्ता गैरेले फरककोणलाई बताए । जिप सडकबाट झन्डै डेढ सय फिट तल खसेको छ । पानी परेको हुँदा कच्ची बाटोमा चिफ्लिएर जिप दूर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *