तुलसीपुर, जेठ २९ । लमहीमा मध्यरातमा नौं वटा सवारी साधनहरुमा अपरिचित समुहले तोडफोड गरेको छ ।
लमही बजारको बिभिन्न क्षेत्रमा पार्किङ गरेर राखिएका लु भे १ च २८१२ नम्बरको बोलेरो जिप, १ ख ९१४९ नम्बरको बस, रा १ ख १७५९ नम्बरको मिनी ट्रक लगाएत नौंवटा सवारी साधानमा अपरिचित समुहले तोडफोड गरेको छ ।
राति १२ बजेपछि ती सवारी साधानमा अज्ञात समुहले तोडफोड गरेको अनुमान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले जानकारी दिए ।
प्रहरीलाई बिहान साढे ६ बजेतिर मात्रै गाडीमाथि भएको तोडफोडबारे सूचना आएको र त्यसपछि आफु घटनास्थलमा पुगेर त्यसबारे अनुसन्धान सुरु गरेको पौडेलले बताए ।

मध्यरातमा स्कुटरमा आएका दूई जना युवाले ती गाडीहरुमा तोडफोड गरेको सुराक मिलेको र त्यही अनुसार अनुसन्धान सुरु भएको उनले बताए ।
सिसी टिभीका फूटेजहरु हेरेर दोषीको पहिचान गरि कारबाही हुने प्रहरी निरिक्षक पौडेलले जानकारी दिए ।
तस्बिर – प्रिया स्मृती गजमेर
