२०७८ साउन २० गते बुधवार

यसअघि कुनै नराम्रो छबि नभएका पूर्णबहादुर वलीले पेस्तोल राख्नुको कारण यस्तो रहेछ

तुलसीपुर, जेठ २८ ।दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ स्थित गहते खोलामा शुक्रबार मध्यान्ह तिर कुलो निर्माणको बिषयमा बिबाद हुँदा स्थानीय २४ बर्षीय पूर्णबहादुर वलीले गोली चलाए । अमिन मिलन केसी तर्फ लक्षित गरि वलीले ‘हवाई फायर’ गरेका थिए ।

नक्सामा सिंचाई कुलो उकास्नका लागि साँध सन्धियारका मानिसले शुक्रबार अमिन ल्याएका थिए । जग्गा नापजाँच गर्न र कुलो छुट्याउन भनेर अमिन केसीलाई सानी आँठाका मानिसले बोलाएर लगेका थिए । पुरानो कुलो उकास्ने कुरा सनुेर गाउँ घरका मानिसहरु पनि त्यहाँ पुगेका थिए । घटनास्थलमा पूर्णबहादुरका बुवापनि थिए ।

जान्ने सुन्ने मानिसहरुले पहिलेको भन्दा केलो दक्षिण तर्फ सारिएको कुरा गर्दै थिए । त्यही बीचमा अमिन केसीले जग्गा नाप्न सुरु सार गरे । तर पूर्णबहादुरले अमिन केसीको क्षमता माथि नै प्रश्न उठाए । केसी फूच्चे रहेको भन्दै होच्याउन खोजे । आशंका ब्यक्त गरे ।
अमिन केसीले पूर्णबहादुरको कुराको प्रतिरोध गरे । त्यसपछि ती दूईका बीचमा केही जबाफ सवाल भयो ।
त्यत्तिकैमा वली केटाहरु ल्याएर देखाइदिने भन्दै निस्किए । अमिन केसीले जग्गा नाप्न थाले ।

फेरि केही समय पछि पूर्णबहादुर एक्लै कुलो छुट्याउनका लागि जग्गा नाप्न थालेको ठाउँमा आए । पूर्णबहादुर आउँदा दुबै हात गोजी भित्र राखेर आएका थिए । उनलाई कसैले उति वास्ता गरेनन् । अमिन केसीपनि आफ्नो काम गरिरहेका थिए । आउना साथ पूर्णबहादुरले ‘ तलाई मार्दिन्छु, भन्दै अमिन केसीतर्फ लक्षित गर्दैै हावामा गोली चलाएको एक प्रत्यक्षदर्सीले बताए ।

गाउँ घरमा कहिलै कसैमाथि नराम्रो नगर्ने, झगडा मन नपराउने पूर्णबहादुरको ब्यबहारले सबै वाक्क भए । गोली चलेपछि अमिन केसीले पनि काम रोके । त्यहाँ त्रासको वातावरण बन्यो । त्यसपछि पूर्णबहादुर पेस्तोल त्यही फालेर हिडे ।

घटना एकै छिनमा हावा झैं फैलियो । कसैले प्रहरीलाई घटना बारे जानकारी दियो । प्रहरी तत्कालै त्यहाँ पुग्यो ।
घटनास्थलबाट प्रहरीले पूर्णबहादुरले फालेर हिडेको पेस्तोल फेला पा¥यो । त्यो पेस्तोलमा ६ राउण्ड गोली लोड गरिएको अवस्थामै थियो । प्रहरीले घटनास्थलमा एउटा फायर भएको गोलीको खोका पनि फेला पा¥यो । घटनाको केही बेरमै प्रहरीले पूर्णबहादुरलाई पक्राउ गर्न सफल भयो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहका अनुसार पूर्णबहादुर वली बारे हालसम्म प्रहरीमा कुनै उजुरी परेको रेकर्ड छैन ।

सिंहले भने ‘वलीले गाउँ घरमा कसैसंग झगडा गरेको तथा आफु हालसम्म प्रहरी चौकी नपुगेको बयानपनि गरेका छन् ।’
त्यसभए वलीले किन र कहाँ बाट पेस्तोल किनेर ल्याए त ? वलीले प्रहरी समक्ष आफुले गत बर्ष नै भारतको पटनाबाट ४० हजार आइसी रुपैंयामा किनेर उक्त पेस्तोल ल्याएको बयान गरेका छन् । वलीले पेस्तोल किन्नकै लागि मात्रै आफु पटना गएको र पेस्तोल किनेर ल्याएपछि घर परिवार तथा साथी भाइ कसैलाई नभनेर सुटुक्क लुकाएर राख्दै आएको बताएका छन् ।

‘मेरो खेतबाट कुलो निकाल्ने कुरापछि मलाई एकाएक तनाब भयो र मैले लुकाएर ल्याएको पेस्तोल निकाली गएर तर्साउनका लागि हवाई फायर मात्रै गरेको हुँ,’ वलीको भनाई उद्धत गर्दै डिएसपी सिंहले भने ।

दूई बर्ष अगाडि मात्रै वली रोजगारीको सिलसिलामा मलेसिया गएको तथ्य प्रहरी अनुसन्धानले देखाएको छ । मलेसियामा कमाएको पैंशाले नै आफुले पेस्तोल किनेको बयान गरेका छन् ।

वलीको बयान अनुसार उनका भिनाजुले संधै ज्यान मार्ने धम्कि दिने गरेका थिए । ‘त्यही भएर आफ्नो सुरक्षाको लागि पेस्तोल किनेर ल्याएको वलीले बयान गरेका छन्,’ डिएसपी सिंहले भने ।

दूई बर्ष पहिले इप्रका तुलसीपुरमा वलीकी भान्जीले उनका भिनाजु बिरुद्ध बलात्का मुद्दा दिएकी थिइन । त्यो मुद्दा पछि वली बिदेश रहँदा पनि फोन मार्फत उनका भनाजुले ज्यानको धम्कि दिदै आएका थिए । ‘ ममाथि भिनाजुले भान्जीलाई उक्साएको दोषारोपन गर्दै बारम्बार टर्चर र ज्यान मार्ने धम्कि दिएको हुँदा आफ्नो सुरक्षाको लागि मैले पेस्तोल किनेर ल्याइ राखेको हुँ भन्ने बयान वलीको छ,’ डिएसपी सिंहले भने । वलीमाथि थप अनुसन्धान हुन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *