२०८१ असार ८ गते शुक्रवार

धनुषामा नुहाउन गएका ५ बालिकाको पोखरीमा डुबेर मृत्यु

धनुषा, जेठ २८ । धनुषा जिल्लामा पोखरीमा नुहाउने क्रममा डुबेर पाँच बालिकाको मृत्यु भएको छ । धनुषाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका ६ लक्ष्मीपुरका १२ वर्षीया लक्ष्मीनियाँ यादव, १० वर्षीया चन्द्राकुमारी भगत, १३ वर्षीया मञ्जु पूर्वे, १२ वर्षीया ललिता साह तेली र १० वर्षीया चाँदनी ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

माछा पाल्ने उदेश्यका साथ निर्माणाधिन उक्त पोखरी स्थानीय हुलास यादवको हो । गर्मी छल्न भन्दै गोठालो गएका पाँच बालिका शुक्रबार दिउँसो साढे १२ बजेतिर पौडी खेल्न भन्दै पोखरीमा पसेका थिए ।

पौडी खेल्न नजानेका उनीहरुको पोखरीमा डुबेर मृत्यु भएको र पाँचै जनाको शव निकाली सकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *