२०७८ साउन २० गते बुधवार

अप्ठेरोमा बिपन्न नागरिकलाई नेपाली काँग्रेसको साथ


तुलसीपुर, जेठ २८ । तुलसीपुरमा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि र नेपाली काँग्रेसका उद्योगी ब्यबासायीहरुले मिलेर बिपन्न नागरिकलाई राहात बितरण जारी राखेका छन् ।

तुलसिपुर उपमाहानगरपालिका वडा ५ का वडाध्यक्ष बिरेन्द्रकुमार शाहको संयोजकत्वमा गठित बिपत ब्यबस्थापन समितिले तुलसीपुर, शान्तिनगर र बबई गाउँपालिमामा पुगेर राहात बितरण कार्य जारी राखेको छ । साँझ बिहान काम गरेर छाक टार्ने श्रमिक, अति बिपन्न, एकल महिला र पुरुषको पहिचान गरि आफुहरुले राहात बितरण कार्य जारी राखेको नेपाली काँग्रेसद्धारा गठित बिपद ब्यबस्थापन समितिका सल्लाहाकार होमप्रकाश गौतमले फरककोणलाई बताए ।

तुलसीपुर क्षेत्रमा क्रियासिल नेपाली काँग्रेस निकट उद्योगी ब्यबसायीबाट सहयोग जुटाएर हालसम्म तुलसीपुरको वडा नं. ५, ६, ७, ११ वडाहरु तथा पश्चिम दाङको शान्तिनगर र बबई गाउँपालिकाका समस्यामा परेका केही ब्यक्तिहरुको पहिचना गरि राहात बितरण भइ सकेको गौतमले जानकारी दिए ।

प्रजातान्त्रिक उद्योग ब्यबसायी संघका अध्यक्ष जनकप्रशाद खराल, तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजाल, संघका महासचिव बिनिल केसी, कोषाध्यक्ष देबबहादुर केसी, शुरेश हमाल, बिरेन्द्रकुमार शाह, झलक केसी, होमप्रकाश गौतम, दीपु गिरी, जागेश्वर खड्का, ब्यबसायी गोकर्ण गिरी लगाएतका दर्जनौं उद्योगी ब्यबासयीको सहयोगबाट राहात बितरणको काम हुँदै आएको जानकारी दिइएको छ ।
कोरोना महामारीको समयमा साँझ बिहानको हात मुखको गर्जौ टार्न समेत समस्यामा परेका बिपन्न परिवारलाई राहात स्वस्वरुप खाद्यान्न बितरणको कार्य जारी रहने बिपद ब्यबस्थापन समितिका पदाधिकारीहरुले बताएका छन् ।

तुलसीपुर ५ का वडा सदस्य अजय बुढाथोकीले पछिल्लो समय पहिचान गरिएका ब्यक्तिलाई २५ केजीको एक बोरा चालम, नुन, स्वायाबिन लगाएतको खाद्यान्न बितरण गरिदै आएको जानकारी दिए । बिहीबार मात्रै तुलसीपुर ५ स्थित वडा कार्यालय मार्फत ३० जनालाई त्यस्तो खाद्यान्न बितरण गरिएको वडा सदस्य बुढाथोकीले बताए ।

नेपाली काँग्रेसको बिपद ब्यबस्थापन समितिले बैशाख अन्तिम सातादेखि अस्पतालहरुमा अक्सिजन ग्यासको चरम संकट देखापरेपछि अक्सिजन सिलिण्डर सहयोग अभियान चलाएको थियो ।

अहिले अक्सिजन प्राप्त गर्न समस्या नभएको र लगातार बैशाख १७ गतेदेखिको लकडाउनले अशक्त, बिपन्न परिवारका मानिसहरु भोकै बस्नुपर्ने बाध्यता नरहोस भनेर खाद्यान्न बितरणको काम जेठको पहिलो हप्तादेखि सुरु गरिएको वडा सदस्य बुढाथोकीले बताए ।
माहामारी र बिपदको समयमा भोक र रोग टार्न नेपाली काँग्रेसको साथ समर्थन पाएपछि सर्वसाधारण नागरिक हर्षित बनेका छन् ।
सबै तस्बिरहरु – अजय बुढाथोकी ।

प्रकाशित मिति : २०७८ जेष्ठ २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *