२०८१ चैत्र १३ गते बुधवार

राप्ती नदीमा भइरहेको मनपरी उत्खननको विरुद्ध उत्रिए स्थानीय

नामुद गुण्डा र दलका नेताहरुको समेत खोलामा लगानी


लमही, जेठ २७ । देउखुरीको राप्ती नदीमा मापदण्ड विपरित मनोमानी ढंगले भइरहेको नदीजन्य बस्तुको उत्खनन्का बिरुद्ध स्थानीय सर्वसाधारण आन्दोलनमा उत्रिएका छन् । बिहीबार उत्खनन् भइरहेको स्थानमै पुगेर स्थानीय बासीले विरोध गर्दै उत्खनन्को काम रोकेका हुन ।

गढवा गाउँपालिका वडा नं. ५ धर्मपुर र मघर गाउँका स्थानीयले मनपरी उत्खनन्को बिरुद्धमा नदीमै पुगेर नाराबाजी समेत गरेका थिए । गढवा गाउँपालिकाले ठेक्का लगाएको स्थानबाट ठेकेदारहरुले ठूला मेसिनरी औजार प्रयोग गरेर नदीजन्य बस्तुको जथाभावी उत्खनन् गर्दा आफुहरुको छाकबास उठ्ने अवस्था रहेको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन । यसअघि पनि स्थानीयले मनपरी उत्खनन्को बिरोधमा बिरोध जनाएपछि उत्खनन् केही दिन रोकिएको थियो । बिहीबार स्थानीयको बिरोध पनि १७÷१८ वटा टिप्पर र ६÷७ वटा स्क्याभेटर नदी क्षेत्रमै रोकिएका थिए ।

त्यहाँका सर्वसाधारणले प्रहरी प्रशासन, क्रसर ब्यबसायी, स्थानीय गाउँपालिकाका अध्यक्ष सहजराम यादब र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको संरक्षणमा अबैध उत्खनन् भइरहेको आरोप लगाएका छन् ।

जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपाली भइरहेको मनोमानी उत्खनन् रोक्न नसक्ने निरही साबित भएका छन् ।
चुरेले पत्र पठाएर मेसिन नलगाउन निर्देशन दिएपनि अहिले मेसिन लगाएर अबैध काम भइरहँदा पनि सरोकारवाला निकाए मौन छन् ।

धर्मपुरको घाटमा गाउँपालिकाले ठेक्का लगाएको छ । पालिकाले ठेक्का लगाएको र आफूहरुले राजश्व बुझाएको हुनाले उत्खनन् गरेको ठेकेदार प्रतिनिधिको दाबी छ । यहाँ यति सम्म बदमासी भएको छ कि, जनताको तटबन्धले बनाएको तटबन्ध भत्काएर उत्खननको लागि बाटो बनाइएको छ ।

‘नदीमा ठूलो–ठूलो खाडल खनिएको छ । बिहान ४ बजेदेखि रातिसम्म उत्खनन् गर्छन,’ स्थानीय सञ्जिव चौधरीले भने, ‘ हामीले केही बोल्दा उल्टै हप्किदप्की गर्दै त्रर्साउनले गरेका छन ।’उनले खोलामा जिल्लाका नामुद गुण्डा, बिभिन्न दलका नेताहरुले समेत खोलामा लगानी गरेको हुँदा उनीहरुले प्रहरी प्रशासनदेखि जताततै सेटिङ मिलाएर मनपरी उत्खनन् गर्ने गरेको बताए । मनपरी उत्खनन्ले बस्ति जोखिममा परेको हुँदा बिरोधमा उत्रनु परेको उनले बताए ।

प्रकाशित मिति : २०७८ जेष्ठ २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *