२०७८ असार ४ गते शुक्रवार

बागर आईशोलेशनमा १३ कोभिड संक्रमित भर्ना, विभीन्न संघसस्थाद्धारा स्वास्थय सामग्री सहयोग


दंगीशरण,जेठ २६ ।दंगीशरण गाउँपालिका प्राथमिक स्वास्थ्य केन्द्र बागरमा रहेको आईशोलेशनमा १३ जना कोभिड संक्रमितहरु भर्ना भएका छन् । महिला ४ र पुरुष ९ जना गरी १३ जना छन् । यस्तै कोभिड अस्पतालमा ६ जना रहेका छन् भने होम आईशोलेशनमा १८ जना रहेका छन् । हेकुली स्वास्थ्य चौकि प्रमुख टेक बहादुर खत्रीका अनुशार दंगीशरणमा २ सय २० जना निको भईसकेका छन् भने १० जनाको मृत्यु भईसकेको छ ।

हाल सम्म दंगीशरणमा आरटि पिसी आर टेष्ट बाट १ सय ६० र आरटि एन्टिजेन्ट टेष्ट बाट १ सय ७ जना गरि कोरोणा संक्रमितको संख्या २ सय ६७ रहेको छ भने संक्रिय संक्रमित संख्या ३७ जना रहेको छ । बागर आईशोलेशनमा अहिले एच.डि.यु बेड १५ र साधारण बेड १० गरी २५ बेड रहेको छ । यस्तै अक्सीजन सिलस्ण्डर ४० वटा रहेको छ ।

यसैबिच आईशोलेशनमा विभीन्न संघ सस्ंथाहरुले सहयोग गर्ने क्रम पनि जारी रहेको छ । आईशोलेशनमा ग्रीन फाउण्डेशनले १० थान पिपिई, सेनीटाईजर, माक्स, फेससाईड जस्ता स्वास्थ्य सामग्री सहयोग गरेको छ । यस्तै औषधि ब्यवसायी संघ दाङले संर्जीकल गलोव, फेससाईल्ड, पिपिई, ह्याण्ड सेनीटाईजर, माक्स, एमोकसीक्लीयर, भिटामीन बि र सी लगाएतका स्वास्थ्य सामग्री सहयोग गरेको छ । यसैगरी सुआहाराले ह्यान्ड सेनीटाईजर, सर्जीकल माक्स, पिपिई जस्ता स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

स्वास्थ्य सेवा विभागले गाउँन, १० थान, पंजा ५० जोर, सर्जिकल माक्स , फेस सीट, अकसीजन कन्सनटेटर सहयोग गरेको छ भने वन वल्र्डले माक्स , सर्जिकल ग्लोव, सेनिटाईजर, पिपिई, ह्यान्ड क्याप लगाएतका स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको छ । यस्तै दाङको दंगिशरण गाउँपालिका वडा नं ६ राजपुर घर हाल अमेरिका बस्ने विनोद वलीले बागर आइसोलेसनलाई २ वटा बेड सहयोग गरेका छन् । दंगिशरण गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष टंक बहादुर वली, वडा नं ७ का वडा अध्यक्ष विर वहादुर वलीको उपस्थितीमा आईशोलेशन केन्द्र बागरलाई वलीका वुवाले हस्ताण्तरण गरेका हुन् ।

यस्तै दंगीशरण गाउँपालिका स्तरीय युवा संजालको पहलमा राष्ट्रिय सभा सदस्य कोमल वलीद्धारा स्वास्थ्य सामग्री सहयोग गरिएको छ । गोल्टाकुरीका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र कुमार हमाललाई यूवा संजालका अध्यक्ष चक्रमिलन विश्वकर्मा लगाएतको टोलीले सो सामग्री हस्तारणतरण गरेको हो ।

यसैबिच, दंगीशरण गाउँपालिका बागर आईशोलेशनमा भर्ना भएका बिरामीहरुलाई गाउँपालिकाका यूवाहरुले नि.शुल्क खाना खुवाउँने अभियान शुरु गरेका छन् । बिरामीहरुलाई खानामा कुनै प्रकारको समस्या नहोस भन्ने उद्धेश्यले नि.शुल्क खाना खुवाउँने कार्य थालनी गरेका हुन् । राघव देवकोटाको संयोजकमा प्मोद आचार्य, जिवेशनाथ योगी, अर्जुन भट्राई, निराजन देवकोटा, देवराज बुढाथोकि, ओपेन्द्र शर्माको टोली नि.शुल्क खाना खुवाउँने कार्यमा खटिएको हो । कोरोणा संक्रमितहरुलाई नि.शुल्क खाना खुवाउँनका लागि १ हजार हाम्रो अभियानको थालनी गरीएको छ । यसका लागि सहयोग गरिदिन यूवाहरुले सबैमा आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *