२०८१ चैत्र ६ गते बुधवार

सरसफाइ कर्मचारी, नर्स र स्वास्थ्यकर्र्मीलाई थप तालिम दिदै प्रतिष्ठान


घोराही, जेठ २६ । राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानले आफ्ना सरसफाई कर्मचारी, स्टाफ नर्श र सुरक्षा गार्डहरुका लागि थपष् तालिम दिने भएको छ ।कोभिड–१९को समयमा फोहोर ब्यबस्थापन र सक्रमण रोकथामको बारेमा पाँच दिने तालिम उस्ले सुरु गरेको हो ।
अस्पतालका सबै कर्मचारीलाइ तीन सिफ्टमा तालिम दिन थालिएको छ । फोहर ब्यबस्थापन बार प्याथोलोजिष्ट डा. सन्दिपराज दाहाल, स्टाफ नर्स हिमा घर्ती र माया डिसीले प्रशिक्षण दिइरहेका छन् ।

मंगलबारदेखि सुरु भएको तालिममा प्रतिष्ठानकी अस्पताल निर्देशक डा.प्रज्ञा बस्नेतले कोभिडको समयमा फोहर ब्यबस्थापन, नर्सिंङ र सुरक्षाका कुरा चुनौतिपूर्ण रहेने हुँदा थप तालिम दिन लागेको बताइन । आफू संक्रमित नभइ कोभिड महामारीमा अस्पतालमा हुने फोहर अत्यन्तै साबधानी अपनाई ब्यबस्थापन गर्नुपर्ने हुँदा थप तालिमको आवश्यक्ता परेको उनले बताइन ।

‘ अहिलेको अन्य समय जस्तै हैन, त्यसैले अस्पतालको फोहर ब्यबस्थापना थप सजगता अपनाउन आवश्यक छ,’ उनले भनिन् ।
कोभिड महामारीमा चिकित्सक, नर्स, स्वास्थ्यकर्र्मी, सरसफाई कर्मचारी र अन्य कर्मचारीहरु अहोरात्र खटेर अस्पतालको सेवा प्रबाह गरेकोमा उनले धन्यवाद दिदै उच्च मनोबलका साथ काम गर्न आग्रहपनि गरिन ।

अस्पतालमा फैलिन सक्ने बिभिन्न प्रकारका संक्रमन रोकथाम तथा नियन्त्रणका लागि प्याथोलोजिष्ट डा. सन्दिपराज दाहालको संयोजकत्वमा एक समितिपनि गठन गरिएको छ । समितिको सदस्यहरुमा इन्टरनल मेडिसिन बिभाग इन्चार्ज डा. सुनिल केसी, माइक्रोबायोलोजिष्ट दामोदर शर्मा, स्टाफ नर्सद्वय हिमा घर्र्ती, मिना डिसी र कार्यालय सहयोगी रुपन चौधरी रहेका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *