२०८१ असार ९ गते शनिवार

वन र चोरी मुद्दाका दूई फरार प्रतिबादी पक्राउ


तुलसीपुर, जेठ २५ । दाङ प्रहरी वन र चोरी मुद्दाका दुई फरार प्रतिबादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. २ का ५३ बर्षीय रिसिमान चौधरी र घोराही १५ ट्राफिक चोकका ३६ बर्षीय सुबी चौधरी रहेका छन् ।

वडा नं. २ का चौधरीलाई वन मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले २०७४÷११ ÷ १४ गते दोषी ठहर गर्दै एक लाख ३८ हजार नौंसय १७ रुपैंया जरिवाना तोकेको थियो । त्यसयता फरार रहँदै आएका चौधरी मंगलबार घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द्रप्रशाद रिजालले बताएका छन् ।

त्यस्तै वडा नं. १५ का चौधरी बिरुद्ध जिल्ला अदातलते चोरी मुद्दामा २०६१ साल बैशाख ७ गते दोषी ठहर गर्दै ५५ हजार पाँचसय रुपैंया जरिवानाको पैmसला सुनाएको थियो । त्यसयता फरार चौधरीलाई पनि प्रहरीले घरबाटै मंगलबार दिउँसो पक्राउ गरिएको जनाएको छ । उनीहरु दुबै जनालाई पक्राउ पछि जिल्ला अदालतमा उपस्थित गराएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *